राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायो ज्ञापनपत्र
सुर्खेत
सुर्खेतको कारागारमा सहयोगको नाममा धर्म प्रचार भइरहेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेपालको संविधान २०७२ बमोजिम धर्म परिवर्तन गराउन नपाइने भएपनि गरिब, विपन्न लगायतलाई विभिन्न प्रलोभन देखाउँदै धर्म परिवर्तन गराएको र कारागार जस्तो संवेदनशील स्थानमा निर्वाध प्रवेश गरी धर्म परिवर्तन गराएकोमा उक्त कार्यलाई तत्काल रोक्न समेत ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

धर्म परिवर्तन गराउनेहरुलाई कानूनको दायरामा ल्याई कारवाही गर्न अनुरोध गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र







