Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

कर्णाली प्रिमियर लिगको उपाधि आर्मीले हात पा¥यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा सम्पन्न कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फाइनल खेलमा रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसहित आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

 

प्रतियोगिताको उत्कृस्ट खेलाडी रुपन्देही–११ का सन्दिप सुनार घोषित भए जसले रु.२५ हजार प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान आर्मीका सागर पुन तथा उत्कृस्ट बलर रुपन्देहीका कृष्ण कार्की घोषित भए, दुवैले जनही दश÷दशहजार रुपैयाँ प्राप्त गरे । नेपाल फाइनलमा टस हारेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो ।

आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिन ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै बिनोद भण्डारीले २८ रन तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए । यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान एक÷एक विकेट लिए । दोस्रो इनिंगमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले १७.५ ओभरमा ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

आर्मीका बलर बिक्रम सोबले सर्वाधिक ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारिले समान २÷२ विकेट लिए । रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए । फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमहरुको सहभागिता थियो ।