Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

लोक साहित्यको खानी हो सिम्ता ‘गिरी’

सुर्खेत, १९ जेठ ।

सुर्खेतको सिम्तामा भएको सिम्ताली भाषिका तथा लोक साहित्य सम्बन्धी कार्यशाला गोष्ठीमा सिम्ता लोक साहित्यको खानी भएको बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डाँै, सिम्ता गाउँपालिका र सिम्ताली एकता समाजले आयोजना गरेको उक्त कार्यशाला गोष्ठीका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले सिम्ता क्षेत्र लोक साहित्यको खानी भएको बताउनु भएको हो ।


गोष्ठीमा उपस्थित साहित्यकारहरुले सिम्तालाई कला र साहित्य पर्यटनको ‘हब’को रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख अतिथि डा. गिरीले सिम्तामा रहेका लोक कला संस्कृति अन्य कुनै ठाउँमा नरहेको दावी समेत गर्नुभयो । सिम्ताली कला र भाषा तथा साहित्यका कारण एक छुट्टै पहिचान बनाएको क्षेत्रको रुपमा चिनिने सिम्तादरा संघीय संरचनापछि सिंगो गाउँपालिका बनेको र अब यसलाई सिम्ताको समृद्धिसँग जोड्नुपर्ने उनीहरुले भनाई थियो ।

कार्यक्रममा सिम्ताली भाषाका विषयमा यामराज गिरीले र सिम्ताली लोक तथा साहित्यका विषयमा थानेश्वर लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यपत्रमाथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन खोपीराम लम्सालले टिप्पणी गर्नुभएको थियो ।

यस्तै सिम्ताको लोपोउन्मुख सरेली गीत स्थानीय ७० वर्षमाथिका ज्येष्ठ नागरिकले प्रस्तुत गरेका छन् । यस्तै त्यहाँको लोपउन्मुख ठाडी भाका, आशिष गीत पनि प्रस्तुत गरिएको छ भने लोपोउन्मुख ह्यूपा नाँच, सिंगारु, गर्रा, पञ्चेवाजा नृत्य पनि प्रस्तुत भएको छ । महोत्सव अन्तर्गत सिम्ताली राज्यको कथामा आधारित ‘सतिकलशा’ नाटकसमेत प्रदर्शन गरिएको छ । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, विभिन्न क्षेत्रका विज्ञ, साहित्यकार, कलाकार भीमबहादुर कार्की, प्रेमदेव गिरी, खम्बराज गिरीलगायतको सहभागिता थियो ।