Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

मूल्यबृद्धि विरुद्ध चर्कियो आन्दोलन

सुर्खेत
नेपाल सरकारले लगातार ५ पटकसम्म पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि विरुद्धमा सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको आन्दोलनले चर्को रुप लिन थालेको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गरेको आन्दोलनलाई रोक्ने क्रममा सुर्खेतमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालय भित्रै प्रहरी प्रवेश गरी विद्यार्थीहरुलाई गिरफ्तार गरेको छ ।

विद्यार्थी अान्दाेलनमा प्रहरी हस्तक्षप, ३ पक्राउ, ५ घाइते
आन्दोलन रोक्ने भन्दै प्रहरीले विद्यार्थीहरु माथि अन्धाधुृन्ध लाठी प्रहार गर्दा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अनिल शाही घाइते भएका छन् । उनको स्थानीय माया नर्सिङ्ग होममा उपचार भइरहेको छ भने केन्द्रिय सदस्य हरि शर्मा, मान बहादुर ढकाल, मिलन बिसीलाई प्रहरीले हिरासतमा लिएको छ । जैन बुढा घाइते भएको नेपाली काँग्रेस सुर्खेतले पत्रकार सम्मेलनमा बताएको छ । पत्रकार सम्मेलनमा सभापति रेग्मीले सरकारले राणाशासन भन्दा पनि बढि निरंकुशता लाद्न खोजेको भन्दै काँग्रेस अब चुप लागेर बस्न नसक्ने बताए ।

उनले सरकारले शान्तीपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको भन्दै मानवधिकार हनन् गर्न खोजेको आरोप समेत लगाए । यसको लागि मानव अधिकार लगायतका अन्य पक्षसँग सहकार्य गर्दै अब नेविसंघ मात्रै होइन् काँग्रेसपनि निरन्तर आन्दोलनमा अघि बढ्ने उद्घोष गरे । प्रहरीले गरेको यो ज्यादतीप्रति खेद प्रकट गर्दै प्रहरीलाई कार्वाही गरिनुपर्ने बताए ।
प्रहरी पार्टी कार्यालयमै प्रवेश गरी विद्यार्थीहरुलाई गिरफ्तारी गर्नु, पटक पटकको मूल्य बृद्धिको विरुद्धमा नेपाल विद्यार्थी संघले देशव्यापी आन्दोलन गरिरहेको छ ।