Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

सूचनाको हकले पत्रकारलाई सक्षम बनाउँछ

सुर्खेत, ४ असार ।
सूचनाको हक पत्रकारहरुको लागि महत्वपूर्ण औजार भएको बताइएको छ । सहजरुपमा सूचना नदिने सार्वजनिक निकायहरुबाट विभिन्न महत्वपूर्ण सूचनाहरु प्राप्तिका लागि सूचनाको हकको प्रयोग गर्न सके प्राप्त गर्न सकिने र त्यसले जनताको सुसूचित हुने अधिकारलाई प्रत्याभूति गर्नेछ ।


नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले सोमवार आयोजना गरेको सूचनाको हकसम्वन्धी कार्यक्रममा सहभागी वक्ताहरुले सूचनाको हकको औजार प्रयोग गरी महत्वपूर्ण सूचनाहरु संकलन गर्न सुझाव दिइएको छ । राष्टि;य स्वाभिमान, अखण्डता, जातजातिवीच द्वेष फैलाउने बाहेक अन्य सूचनाहरु पत्रकारहरुले सूचनाको हकको प्रयोग गरी लिन सकिने उनीहरुको भनाइ छ ।
सूचनाको हक पत्रकारहरुका लागि मात्र नभइ सर्वसाधारणहरुका लागि पनि भएको उनीहरुले बताए । सूचनाको हकले सुशासन, पारदर्शिता कायम गराउन सहयोग पुग्ने भन्दै सहभागीहरुले पत्रकारहरुको लागि मुख्य औजार नै भएको उल्लेख गरे । पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सूचनाको हकको वारेमा जानकारी दिदैं यसैबाट महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिने जानकारी दिए ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासंघका पूर्वअध्यक्ष ?ीधर पौड्याल, प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भझराई, महासंघका उपाध्यक्ष ललित बसेललगायतले सूचनाको हकसम्वन्धी आङआफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।