आवाजले गरेका कामहरु सार्वजनिक
कृष्ण प्रसाद अधिकारी
आसाढ १७ दुल्लु दैलेख
‘हामी सबैको ऐक्यबद्धता बाल विवाह विरुद्ध प्रतिबद्धता’ भन्ने नाराका साथ संचालन भएको आवाज संस्था फिल्ड कार्यालय दुल्लुले पत्रकार सम्मेलन गरेर हालसम्म भए गरेका कार्यहरु सार्वजनिक गरेको छ । कार्यक्रममा बिभिन्न प्रश्नको जवाफ दिदै बालबिवाह अन्त्य चुनौतिको विषय रहेको र यसलाई अन्त्य गर्नमा सबैले समन्वय र सहयोग गरेर मात्र अगाडी बढने आवाज सस्था फिल्ड कार्यालय दुल्लुका कार्यक्रम अधिकृत शेर वहादुर कुमालले बताए ।
मध्यपश्चिम नेपालको ग्रामिण जिल्ला दैलेख बाल विवाहको दृष्टीकोणबाट उच्च जोखिममा रहेको विभिन्न अनुसन्धानहरुबाट देखिएको बताइएको छ । जिल्लाका ९० प्रतिशत मानिसहरुको विवाह १६ देखि १८ बर्षमा भइसक्ने र बांकीे १० प्रतिशतले पनि २० बर्ष नपुग्दै विवाह गरिसक्ने तथ्याङ्कले देखाएको छ ।
२१ औ सताब्दीको बैज्ञानिक युगमा पनि मानब बिकासको सुचकांकमा पछाडि परेको दैलेख जिल्लामा हाल आएर यसको प्रतिशत कम गर्न तथा बाल विवाहलाई अन्त्य गर्नका लागि सरकारी क्षेत्रबाट युवाहरुलाई कम उमेरमा विवाह गरि जीवनलाई बर्बाद गर्नु भन्दा शिक्षा तथा व्यवसाय तिर लागेर आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्नतिर प्रेरित गर्ने खालका क्रियाकलापहरु सञ्चालन गरिरहेको छन। भने विकासका साझेदारहरुसंग हातेमालो गरि यसलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने विषयमा बहस हुन थालेको छ । विभिन्न साझेदार संघसंस्थाहरुको सक्रियतामा यस्ता बाल विवाहको उच्च जोखिममा रहेको बालबालिकाहरुलाई बाल विवाहले भविष्यमा पार्ने नकारात्मक असरहरुको बारेमा जनचेतना जगाउने कार्य भइरहेको छ ।
यसका साथै साझेदारहरुले जनचेतना जगाउदा जगाउदै अटेट गरि नियम कानुनको उलंघन गर्नेहरु बिरुद्ध हालसम्म दैलेखमा २ ओटा बाल विवाहका मुद्धा दर्ता भइसकेका छन् । जसले गर्दा समुदाय स्तरमा कानुनको उलंघन गरेमा सजाय भोग्नु पर्ने रहेछ भन्ने कुराको बारेमा ज्ञान भएको छ । यसले बाल विवाहको अन्त्यको लागि सकारात्मक सन्देश प्रबाह गरेको छ र प्रत्यक्ष रुपमा बाजा बजाएर धुमधाम विवाह गर्ने प्रचलनको अन्त्य भएको छ ।
आवाज सस्थाले संचालन गरेको छिटो तथा जवरस्ती बालविवाह परियोजना सञ्चालनको क्रममा २०१७ को अगष्टदेखि सन् २०१८ को जुनसम्म सञ्चालन गरिएका क्रियाकलापहरु र भएका उपलब्धीहरुको सार्वजनिकीकरण गर्ने दृष्टिकोणले शनिबार दुल्लु नगरपालिका वडा न ७ आवाज सस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरेर हाल सम्मा भए गरेका उपलब्धीहरु सार्वजनिक गरीएको छ ।
एक्पात लक्जम्बर्ग आर्थिक सहयोग र आवाज सस्था को सहजिकरणमा संचालित छिटो जवरजस्ती बालबिवाह निर्मुल परियोजना अन्र्तगत आवाज सस्था फिल्ड कार्यालय दुल्लुले दुल्लु नगरपालिका वडा न.४,५र १० मा गरिएका क्रियाकलापको सावजनिक गर्दै आवाज सस्था फिल्ड कार्यलय दुल्लुका कार्याक्रम अधिकृत शेर वहादुर कुमालले आज सम्मा भए गरेका कामको सार्वजनिक गरेका हुन ।
हाम्रो समाजमा अझै छिटो तथा सवर्जस्ती बाल विवाह प्रत्यक्ष रुपमा देख्न सकिन्छ कानुनले तोकेको २० बर्ष नपुग्दै गर्ने वा गराउने बिवाह लाई बालबिवाह भनीन्छ ।यो कार्य सामाजिक तथा कानुनी अपराध हो । यसरी भैइरहेका बाल बिवाह रोक्न र बालबालिकाको भविष्य सुनिश्चित गर्न पहल हनुपर्ने देखीन्छ बाल बिवाह गरेको वा गरायको भए बिभिन्न कानुनि सजाय भोग्नु पर्दछ । यस कार्यमा आवाज सस्थाले सबै संग सहकार्य गदै हाल दुल्लु नगरपलिका का ३ वटा वडाम कार्यक्रम संचालन गरेको र आउँदा दिनहरुमा दुल्लु नगरपालिकाका साथै दैलेख जिल्लाका ११ वटै स्थानिय तहमा कार्यक्रम लागु गर्ने र कार्यक्रम गर्दा केही चुनौती आए पनि आफुहरु यस अभियानमा लागेको ले बालबिवाह अन्य गर्नका लागी जस्तो सकै चुनौति पनि सामना गर्न तयार रहेको र बाल बिवाह अन्य गरेरै छाड्ने आवाज सस्थाका कार्यक्रम सम्योजक चक्रराज गिरी(चेतन)ले बताएका छन् ।
आवाज सस्था दुल्लुले हाल सम्म सञ्चालन गरिएका क्रियाकलापहरुमा दुल्लु नगरपालिकामा नगर स्तरीय अभिमुखिकरण गोष्ठि, ६ ओटा बाल सुलभ केन्द्र स्थापना तथा सञ्चालनको लागि बस्ती छनोट,. बालसुलभ केन्द्र सञ्चालनको लागि बालबालिकाहरुका ९०जनाको तथ्यांक सकलन,. ३ ओटा बाल सुलभकेन्द्र व्यवस्थापन समिति गठन, ३ ओटा .वडा स्तरीय सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम, ३ ओटा . वडा स्तरीय भाइ समुह गठन,वडा न ४ मा दिदी भाइ समुह गठन वडा न ५ र १०मा २ ओटा वडा स्तरीय बाल सञ्जालको गठनगरेको छ ।
यस्तै ,नगर स्तरीय युवा समुहको गठन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसंग अन्तरक्रिया कार्यक्रम शिक्षक विद्यार्थी र अभिभावकहरुसंग अन्तरक्रिया कार्यक्रम,१६ दिने अभियान, राष्ट्रिय बाल दिबश,खेलकुद दिबश,श्रमिक महिला दिबश, प्रजातन्त्र दिबश, बाल श्रम शोषण बिरुद्धको दिबश ,. दिबशिय कार्यक्रमहरु,.बाल सुलभकेन्द्रका विद्यार्थीहरु बिच प्रतिस्प्रधात्मक कार्यक्रम,बाल विवाह प्रभावित किशोरीहरुको समुह गठन वडा बाल संरक्षण समितिहरुको गठन, नगर बाल संरक्षण समितिको गठन,वडा बाल संरक्षण समिति र नगर बाल संरक्षण समितिसंग नियमित बैठक छलफल र अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन,.बिषयगत कार्यालयहरुसंग समन्वयात्मक छलफल तथा अन्तरक्रियाहरु सञ्चालन,अन्तरक्रियात्मक रंगमञ्च ( सडक नाटक प्रस्तुतिकरण गरेको जानकारी दिएको छ । .
हालसम्म आवाज संस्थामा आएका बालविवाहको केशहरु जम्मा ५१ मध्य. केशहरु ३६ केशहरु उद्धार,.२१ जोडीसंग कानुनी परामर्श, २जना केटा र २० जना केटी हरुसंग .मनोसामाजिक मनोबिमश, ६ जना बाल विवाह भएका बालिकाहरुलाई रेस्क्यु पछि आपत कालिन सहयोग .हाल सालै.जिल्ला प्रहरी कार्यालयमा पुगाएको २ ओटा केश मध्य १ ओटा केश जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउन सफल. ४५ जना बाल विवाह प्रभावित किशोरीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको आवाज सस्थाको फिल्ड कार्यालय दुल्लुले जानकारी दिएको हो ।







