Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

डा. केसीको आन्दोलनमा ऐक्यवद्धता

सुर्खेत
नेपाल चिकित्सक संघ सुर्खेत शाखाले प्रा. डा. गोविन्द केसीको आमरण अनसनको आन्दोलनमा नेपाल चिकित्सक संघ सुर्खेत शाखाले समेत ऐक्यवद्धता जनाएको छ । दुई दिनदेखि कालो पट्टी बाँधेर काम गरिरहेका चिकित्सकहरुले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी चिकित्सक संघले ऐक्यवद्धता जनाएको हो । ‘विगत ६ दिनदेखि गुणस्तरी स्वास्थ्य शिक्षा र सेवाको माग राखी जुम्लामा अनसन बस्नु भएका प्रा. डा. केसीको स्वास्थ्यमा प्रतिकूल असरहरु देखा पर्दै गएको र कुनै पनि समयमा अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकारलाई अविलम्ब समस्याको समाधान गर्न र डा. केसीको जीवन रक्षा गर्न संघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा भएको छ ‘ उहाँको जाहेज माग प्रति नेपाल चिकित्सक संघ सुर्खेत शाखाले ऐक्यवद्धता जाहेर गर्दै विगत दुई दिनदेखि कालो पट्टी बाँधेर आफ्नो काम गरिरहेको र सयमै सुनुवाई नभए डा. केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालयको समन्वयमा अझ कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौ ।’