Loading... आजः १० भाद्र २०८३, बुधबार । Wednesday 26th August 2026

खेल बिकासका  लागी क्वालिटी द्वारा ४० हजार सहयोग

सुर्खेत

जनता माध्यामिक विद्यालय रानिबासको खेल क्षेत्रको विकासका लागी न्यू क्वालिटी एजुकेशन एकेडियमीले सुर्खेतले ४० हजार रुपौया सहयोग गरेको छ ।

सुर्खेतको चिङ्गगाड गाउँपालिका वडा नम्बर २ मा रहेको जनता माध्यामिक विद्यालय रानिबासको खेल क्षेत्रको विकासका लागी सुर्खेतको वीरेन्द्रनगर ८ मा बिगत लामो समय देखी शैक्षिक क्षेत्रमा योग्दान पु¥याउँदै आएको न्यू क्वालिटी एजुकेशन सुर्खेतले शुक्रबार एक कार्यक्रम्का विच उक्त रकम हस्ताणतरण गरेको हो ।

न्यू क्वालिटी एजुकेशन सुर्खेतका सञ्चालक तथा प्रबन्ध निर्देशक हरिलाल खड्काले स्वस्थ र स्वच्छ विद्यार्थी उत्पादनका लागी खेल अपरिहार्य भएको भन्दै जनता माध्यामिक विद्यालयका प्राचार्य बिनोद कुमार यादब र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर विकलाई संयूक्त रुपमा उक्त सहयोग रकम प्रदान गर्नुभएको थियो । सञ्चालक खड्काले जनता मा.वि आफु सानो छदा पढेकोे विद्यालय भएको भन्दै उक्त विद्यालयको खेल क्षेत्रको विकासका लागी आफुले उक्त रकम प्रदान गरेको जानकारि दिनुभयो ।

एम्नेष्टि ईन्टरनेश्नल नेपाल हुँदै जुनियर जेसिज नेपालको राष्ट्रिय कोर्डिनेटर समेत भै सक्नु भएका खड्का विगत लामो समय देखी समाजीक कार्यमा सक्रिय हुँदै आउनु भएको छ ।