नगर स्तरिय सम्यन्त्र निर्माण बैठक सम्पन्न
कार्यक्रमका अध्यक्ष एवंम् भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्यले बिशेष गरी संकटासन्न परिवारका महिलाहरु सहित बालबालिकाहरुको पोषण र स्वास्थ्य सुधारमा स्थानिय स्तरबाट गर्नु पर्ने कार्यहरु यसरी परियोजनाले गरेको प्रति खुशी व्यक्त गर्दे आगामी दिनहरुमा स्थानिय स्तरबाट पनि महिला र बालबालिहरुका लागि पोषण सुधारका कार्यक्रम लागु गर्नु पर्नेमा जोड दिनुभयो ।
भेरीगंगा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद खरेलका अनुशार स्थानिय सरकारहरुको मुख्य ध्यान बिकास निर्माण तिर गईरहेको र हाल आएर उक्त कार्यको परिणाम स्वरुप वातावरण संरक्षण माथि ध्यान पुग्न नसक्दा जोखिमहरु बढ्दै गईरहेको बताए । खरेलले वातारण संरक्षण माथी जिम्मेवार निकायहरुको ध्यान जानु पर्नेमा जोड दिदै अनुकुलन परियोजनाले नगर स्तरकै स्थानिय अनुकुलन एक्स परियोजनाले कार्य योजना तयार गर्न लागेको हुदा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नं.१ देखि १३ वडाकाअध्यक्ष, कार्यपालिकाका सदस्य, बिषयगत कार्यलय तथा नगर शाखाका प्रमुख एवंम् प्रतिनिधिहरुको उपस्थ्ति रहेको थियो ।
अनुकुलन परियोजना सुर्खेत जिल्लाको ६ वटा स्थानिय तहमा सन् २०१५ देखि २०१७ सम्मका लागि लागु भएको र अनुकुलन एक्स परियोजना जनवरी २०१८ देखि जुन २०१९ सम्म संचालन हुने सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक एवंम् परियोजनाका कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद कडेंलले जानकारी दिनु भयो ।






