प्रहरीको सहयोगमा बृक्षारोपण
जाजरकोट ।
जाजरकोटको टेडाघाट नगरपालिका–३ दसेरामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दसेराको सहयोगमा स्थानीयले विरुवा रोपेका हुन् । सहिद प्रेमबहादुर बुढाको सम्झनामा वृक्षारोपण गरिएको हो । दसेराको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको महंकालको मन्दिर परिषरमा साल, सल्लो धुपी, आँपलगायतको विरुवा रोपिएको हो ।
धनबहादुर बुढाको नेतृत्वमा गरिएको वृक्षरोपण कार्यक्रममा गरिएको टोपेन्द्र विसीले जानकारी दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक देबबहादुर गुरुङ्गलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण टोपेन्द्र विसीले गरेका थिए । वर्षालागेसँगै पहिरो नजाओस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको हो । साथै, महंकाल मन्दिर परिषरमा सरसफाइसमेत गरिएको छ ।






