प्रकाश को “घिन्ताङ्ग घिन्ताङ्ग मादल बज्यो” बजारमा
नेपाली सांगितिक जगतमा छोटो समयमै चर्चा कमाउन सफल गायक प्रकाश रसाईली (भावुक)ले टिपिकल झ्याउरे गित “घिन्ताङ्ग घिन्ताङ्ग मादल बज्यो” बजारमा ल्याएका छन । सार्वजनिक भएको छोटो समयमा धेरै दर्शक श्रोताको मन छुन सफल यो झ्याउरे गितमा नाच्नु उत्तिकै मज्जा छ । गितमा रहेको टिपिकल नृत्यपनि अहिले सर्वाधिक रुचाईएको छ ।
गितमा स्वर प्रकाश रसाईली र टिका पुनको रहेको छ भने शब्द, संगीत तिलक गन्धर्वले गरेका छन । अभिनयमा रिना, राजेन्द्र,भरत र सगुनलाई देख्न सकिन्छ । डि.आर.फिल्मस् प्रालिले दृष्य निमार्ण गरेको यस झ्याउरे गितको भिडियो निर्देशन कलाकार मानसिंह खड्काले गरेका छन । छांयाकन सागर गौतम र सम्पादन रमीत ओलीले गरेका छन । झ्याउरे गित विशेष गरि गाउँघर शहर बजार जताततै यत्तिकै घनकीने भाका हो ।
विभिन्न मेला महोत्सव तथा साँस्कृतीक कार्यक्रमहरुमा यस भाकामा नृत्य प्रस्तुत गर्नुको महत्वपनि बेग्लै छ ।गाउँघरमा हुने विवाहमा घन्कीने झ्याउरे भाकामा तरुनी तन्नेरीहरुले कम्मर मर्काउँदै अनी उठदै बस्दै नाच्नुको मज्जा पनि भिन्नै छ । यसमा माया प्रितीका शब्द अनि हाम्रा दैनिकीलाई शब्दमा रुपान्तरण गर्दै गायक प्रकाश र गायिका टिका पुनले सुमधुर आवाजमा स्वरवद्व गर्दा सुनमा सुगन्ध मिसिएको छ ।यस गितलाई सुनेर अनि हेरेर माया गरिदिनुहुन र सल्लाह सुझाव दिन गायक प्रकाशले सबै दर्शक श्रोतामा अनुरोध गरेका
छन ।







