Loading... आजः १८ आश्विन २०८३, आईतवार । Sunday 4th October 2026

मदन भण्डारी राजमार्गको काम शुरु गर्न माग

सुर्खेत–
मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत जिल्लाम काम शुरु गर्न माग गरिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतले आईतबार संघीय सदनमार्फत सरकारलाई तत्काल काम अगाडी बढाउन माग गरेका हुन् ।
यातायात मन्त्रालयले राजमार्गको काम अन्य ठाउँमा शुरु गरेपनि सुर्खेतमा भने काम हुन सकेको छैन् । करिव १२ सय किलोमिटर उक्त राजमार्गमध्ये दुई सय किलोमिटरले सुर्खेत जिल्लालाई छौएको छ ।

road of nepalको लागि तस्बिर परिणाम
फोटो गुगलबाट

जिल्लामा अन्य जिल्लाको तुलनामा बढी क्षेत्र राजमार्गले छोएपनि सरकारले निर्माणमा ढिलाई गरेको सांसद रावतले बताए । उनले संसदमा राजमार्ग निर्माणका लागि आवश्यक पर्ने सडक डिभिजन कार्यालयको स्थापनासमेत गर्न आग्रह गरे । ‘मदन भण्डारी राजमार्ग सुर्खेतमा पनि काम अगाडी बढाइयोस्’ उनले भने, ‘राजमार्ग हेर्ने गरि तत्काल सुर्खेतमा डिभिजन कार्यालय स्थापना गरि काम तीव्र पार्न माग गर्दछु ।’
सरकारले चालु आर्थिक वर्षको बजेटमा मदन भण्डारी राजमार्गलाई प्राथमिकता दिएको छ । तर, सुर्खेतमा पर्ने राजमार्गको काम भने शुरु भएको छैन् । राजमार्ग निर्माण भएसँगै झापादेखि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरहुँदै पश्चिम डडेल्धुरा जोडिने छ ।
यस्तै, सांसद रावतले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने बाबियाँचौर–५ देखि गुटुहुँदै लगामसम्म जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न समेत सरकार समक्ष माग गरेका छन् । उक्त सडक खण्ड निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको छ ।