Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम

सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । सोमबार (आज) बि.न.पा. ४ कालागाउँ स्थित ईन्टरनेश्नल को–अपरेटिभ एकेडमीमा लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो । उक्त सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले अभिभावक, बिद्यार्थी र शिक्षकलाई आआफनो भूमिका बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ र १० गरी जम्मा ८० जना विद्यार्थीलगायत शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजै वी.न.पा. १० स्थित बेलघारी टोलमा स्थानीय मुस्लिम समुदायका बासिन्दाहरुलाई घरेलु हिंसा र यौन दुव्र्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रहरी नायव निरीक्षक मञ्जु चौधरीले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा करिब १०० जना स्थानीय महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।