Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पहिरोमा परी नौ जनाको ज्यान गयो उद्दार कार्य जारी

जाजरकोट
जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी नौ जनाको ज्यान गएको छ । पहिरोमा अझै पनि केही मान्छे पुरिएको हुन सक्ने शंका छ भने नौ जनाकोशव फेला परेको छ ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन् । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेको बताइएको छ । पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारको घाइते अवस्थामा उद्दार गरिएको छ भने उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

Image may contain: one or more people, outdoor and nature
पहिरो आज विहान सात बजेतिर गएको जाजरकोट प्रहरीले जनाएको छ । पहिरोमा परी दुई घर पुरिएका छन् ।
स्थानीय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको हो । पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । प्रत्यक्षदर्शीका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन् ।
पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म उद्दार कार्य चलिरहेको छ ।