‘गो किलिन, गो ग्रिन सुर्खेत’ अभियान शुरु
सुर्खेत, श्रावन २६ ।
सुर्खेतको वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रुपमा विकास गर्न वइन्स फाउण्नेशन सुर्खेतले ‘गो किलिन, गो ग्रिन सुर्खेत’ अभियानको शुरुवात शुरुवात गरेको छ । शनिबार एक कार्यक्रम्का बिच उक्त अभियानको शुरुवात गरिएको हो । कर्णाली प्रदेशको राजधानि समेत रहेको वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रुपमा विकास गर्नका लागी उक्त अभियानको थालनि गरिएको वइन्सका फाउण्डनेशनका अध्यक्ष डाक्टर नवराज केसीले बताउनु भयो । अभियान्ता डाक्टर केसीले उक्त अभियानले बाटो घाटोको फोर उठाउने मात्र नभइ मानछेहरुको फोहोरी मानसिकतालाई पनि सफा गर्ने दावी गर्नुभयो । अभियानले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श गरि (क्लिन क्लब) खोल्ने र उक्त क्लबको माध्यामबाट मान्छेहरुको फोहोरी बानि बेहोरालाई समेत हटाउने बताउनु भयो ।

अभियान्ता केसीले ग्रिन वीरेन्द्रनगरका लागी तत्काल भर्टिक गार्डेन निर्माण गर्दा ग्रिन पनि देखिने र पर्यावरन पनि सफा हुने बताउनु भयो । बालरोग विषेशज्ञ समेत रहनु भएका डाक्टर केसीले बर्षा याम शुरु भएसंगै मौसमि रोगहरु बढेको र त्यस्को प्रमुख कारण घर वरपरको फोहोर नै भएको बताउनु भयो । फोहोर संग बच्चा बचिको प्रत्यक्ष सरोकार भएकाले नै सरसफाईलाई प्राथामिक्ता दिनु आग्रह गर्नु भयो । कार्यक्रम्मा वीरेन्द्रनगर वडा नम्बर ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले ‘गो किलिन, गो ग्रिन सुर्खेत’ अभियान निकै उत्कृष्ट भएको भन्दै वडा नम्बर ६ ले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष कँडेलले प्रत्यो हप्ताको शनिबार फरक फरक ठाउँमा अभियान सञ्चालन हुने भएकाले अभियानलाई साथ दिन आम नगर बासीलाई आग्रह समेत गर्नु भयो । त्यस्तै ‘गो किलिन, गो ग्रिन सुर्खेत’का अभियान्त तया समाजसेवी भद्र भण्डारीले वीरेन्द्रनगरमा बढदो सहरि करण संगै फोहोर मैला पनि बढदै गएकाले स्वाच्छ, सफा र हरियाली वीरेन्द्रनगर निर्माणका लागी प्रत्योक व्याक्तिले आफनो फोहोरको जिम्मा आफैले लिनु पर्नेमा जोड दिनु भयो । उहाँले फोहोर व्यवस्थापनका लागी मुख्यत सफा सोचहुनु निर्माण गर्नु पर्ने बताउनु भयो । उक्त अभियानमा वीरेन्द्रनगर वडा नम्बर ६, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८, उषा बालबाटिका माध्यामिक विद्यालय, शान्तिनगर टोलबिकास संस्था, सुर्खेत महिला जेसिज, फ्यूचर नेपाल, क्यान सुर्खेत, विभिन्न लियो तथा लाएन्स क्लव लगाएत जिल्ला स्थित क्रियासिल दर्जन भन्दा बढि संस्थाहरूको सहभागिता रहेको थियोे ।






