Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

काँग्रेस पूर्वसभापति उपाध्यायको निधन

भाद्र २
सुर्खेत
दैलेख जिल्ला साबिक कट्टी गाउँ कार्य समिति नेपाली काँग्रेसका पूर्व सभापति बिष्णुप्रसाद उपाध्याय (लम्साल) को ७५ बर्षको उमेरमा सनिबार  निधन भएको छ । रक्तचापका कारण एक्कासी मुटुमा समस्या आएपछि उहाँलाई सुर्खेतको माया नर्सिङ्ग होममा उपचार गरी कोहलपुर रिफर गरिएको पारिवारिक स्रोतले जनाएको छ । कोहलपुर अस्पताल पुग्दा नपुग्दै उहाँको निधन भएको पारिवारिका सदस्यले  बताए  ।

उहाँको सुर्खेतको भेरी नदी स्थित मोक्षघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पूर्वसभापति उपाध्यायको पार्थिव शरिरमा नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बिसी र गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

 

स्थानीयतहमा कुशल राजनीतिज्ञ, शालिन व्यक्ति र समाजसेवीको रुपमा परिचित उपाध्यायका छोरा तीर्थराज उपाध्याय (लम्साल) र सतानन्द उपाध्याय (लम्साल) ले उहाँको पार्थिव शरिरमा दागबत्ति दिनु भएको छ । उहाँका श्रीमति २ छोरा र १ छोरी हुनुहुन्छ ।

दिवंगत उपाध्यायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै पार्टी सभापति बिसीले उहाँको निधनले सिंगो काँग्रेसलाई नै क्षति पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, नेपाली काँग्रेस दैलेख र भगवती माई गाउँपालिकाले एउटा योद्दा गुमाएको छ । उहाँको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षति पुगेको छ । यस दुखद घडीमा नेपाली काँग्रेस गहिरो दु्ख्ख ब्यक्त गर्दै उहाँको निधनप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलीका साथै मृत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्वीकखबर डटकम परिवार मृतआत्माको चीरशान्तिको कामना गर्दछ ।