Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

श्रेष्ठको अध्यक्षतामा प्रादेशिक कार्यसमिति गठन

नेपालगन्ज ।

भाद्र ३

राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५ को प्रादेशिक कार्यसमिति गठन तथा प्रादेशिक शाखा कार्यालय नेपालगन्जमा उद््घाटन गरिएको छ । प्रदेश ५ को अध्यक्षमा पत्रकार उदय सिंह श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा दाङका सागर थापा, महासचिवमा कमल विक निर्मोहि, सचिवमा विष्णु कुमार देवकोटा, कोषाध्यक्षमा रामदिन तेली र सदस्यह?मा प्रज्वल श्रेष्ठ र लक्ष्मी चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।   कार्यसमिति गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व पर्यटन मन्त्री  आनन्द प्रसाद पोख्रेलले अहिलेको युगसंगै अनलाईनको प्रयोग पनि उत्तिकै फड््को मारेको बताउनुभयो ।


पत्रकारह? सबैको न्युटल हुन ज?री रहेको मन्त्री पोख्रेलले बताउनुभयो । समाचार सत्य तथ्य र आम पाठकले पढ््ने खाले हुन आवश्यक रहेको उहाँले बताउनुभयो । समाचारको लागि होइन, समाचार पाठकको ध्यानाकर्षण गराउन खाले दिन सक्नु पत्रकारको दायित्व रहेको उहाँले बताउनुभयो । उहाँले विशेष गरेर भ्रष्टाचार मुक्त मुलुक बनाउनको लागि पत्रकारको अहम भूमिकाका साथै इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

अनलाईनको जमाना रहेको राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुङगानाले बताउनुभयो । हाल नेपालमा ८ सय ८४ वटा अनलाईन दर्ता भै संचालनमा रहेका छन् भने राष्ट्रिय अनलाइन पत्रकार संघमा ४ सय बढी जना पत्रकार आवद्ध रहेको केन्द्रिय अध्यक्ष ढुंगानाले बताउनुभयो ।

राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रिय अध्यक्ष ढुंगानाले बोस्टर मिडियाको राष्ट्रियखबर डट कमले छिटो छरितो तथा विश्वासनिय समाचारको साथै लाइभ टिभीको पनि सुविधा जोडिएको जानकारी गराउँदै कहाँ कसले के गल्ती गरेको विषयमा लाइभ टिभीमा राख्न सकिने तथा हजारौंको संख्यामा यसका दर्शक रहेको बताउनु भयो ।

काठमाडौंमा दर्ता भई वैधानिकता पाएको राष्ट्रिय अनलाइन पत्रकार संघको ७ वटै प्रदेशमा प्रादेशिक कार्य समिति गठन गर्दै सक्रियताका साथ सम्पूर्ण जिल्लामा शाखा गठन गर्ने शिलशिलामा प्रादेशिक कार्यसमिति गठन गर्न सर्वप्रथम प्रदेश नं. ५ मा गठन गरिएको केन्द्रिय अध्यक्ष ढुंगानाले बताउनु भयो ।

प्रदेश नं. ५ को प्रादेशिक कार्य समितिको अध्यक्ष उदयसिंह श्रेष्ठलाई जिम्मा दिनुको साथै बोस्टर मिडियाको प्रदेश नं. ५ को ब्यूरो कार्यालयको जिम्मा पनि दिइएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं. ५ का विधायकद्वय सुरेन्द्र हमाल र मो. याकुब अन्सारीले प्रदेश नं. ५ मा राष्ट्रिय अनलाइन पत्रकार संघको कार्यालय नेपालगन्जमा खुल्न लागेकोमा खुशी ब्यक्त गर्दै प्रदेश नं. ५ को प्रादेशिक कार्य समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।

यसैगरी प्रदेश नं. ५ मा राष्ट्रिय अनलाइन पत्रकार संघको प्रादेशिक कार्यालय नेपालगन्जमा खुल्न लागेकोमा नेपाल कम्युनिष्ट पार्टी बाँकेका प्रभावशाली नेता अशोक कोइराला, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वायिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले खुशी ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।

प्रदेश नं. ५ को प्रादेशिक कार्य समितिमा नव निर्वाचित अध्यक्ष उदयसिंह श्रेष्ठले केन्द्रले आफुलाई थप जिम्मेवारी दिएकोमा केन्द्रको नीति निर्देशन तथा विधान अनुसार सक्रियताका साथ कार्य अगाडि बढाउने तथा वर्तमान सरकारलाई पूर्ण ?पमा साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको अभिव्यक्तिलाई आत्मसाथ गर्दै अहोरात्र खटिंदै सरकारी राजस्व बृद्धिमा अहम भूमिका खेल्नुको साथै भ्रष्टाचार वि?द्ध अभियान नै चलाउने बताउनु भयो । उहाँले चिया गफमा अवैधानिक ?पमा खोलिएका यस्ता संघ तथा पत्रकारह?ले आवाज ठुलो गर्दै आपसी कानेखुशी गर्नुभन्दा वैधानिक ?पमा दर्ता भएको राष्ट्रिय अनलाइन पत्रकार संघमा आवद्ध भई मिलिजुली कार्य गर्न आह्वान समेत गर्नु भयो ।


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बाँकेका प्रमुख, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।