क्षेत्रीय अस्पतालको जेनेरेटरमा आगलानी : १३ लाखको क्षति
भाद्र ४ सुर्खेत
सुर्खेतको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब परीक्षण घरको प्राङ्गणमा रहेको जेनेटरमा एक्कासी आगलागी भएको छ । अस्पतालका प्रशासन अधिकृत विनोद बस्नेतका अनुसार आगलागीबाट मानविय क्षती नभएपनि ५० केभिएको करिब १३ लाख बराबरको जेनेटर जलेको छ ।।

जेनेटरमा आगलागी भएपछि वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन पाएन । विद्युत सट भएर आगलागी भएको अनुमान अस्पताल प्रशासनले गरेको छ । समयमा नै दमकल नपुगेको भए अझ बढि क्षति हुन सक्ने थियो थप क्षति हुनबाट जोगिएको अधिकृत बस्नेतको भनाई छ ।






