Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

राजस्व बृद्धिको अभियानमा थुप्रै बाधा अडचन

नेपालगन्ज ।

राष्ट्रिय खबर डट कमले सोमबार लाइभ प्रशारण गर्ने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको चौलिक्का चेकपोस्टमा भन्सार छलेर ल्याएका अत्यधिक सामान पक्राउ पश्चात आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएपछि सामान आयतकर्ताको भीडले विरोध जनाए ।

सरकारी राजस्व बढाउने क्रममा मंगलबार लाइभ भिडियो प्रशारण गर्ने बेला भन्सार कार्यालयको यात्रु शाखा अगाडि र भन्सार कार्यालयको मुल गेट, सशस्त्र प्रहरी बलको चौलिक्का चेकपोष्ट तथा नेपाल प्रहरीको सिमा इकाई कार्यालय जयसपुरमा अत्याधिक मात्रामा घरायसी सामान तथा कपडाहरु सुरक्षाकर्मीले बरामद गरेका थिए ।

सामान बरामद भएपछि सामान छोडिनु पर्ने माग राख्दै ८० जना भन्दा बढीको संख्यामा नेपाल प्रहरी सिमा इकाई कार्यालयमा भीड जम्मा भई विरोध जनाएका थिए भने उत्तेजित भीडको कारण लाइभ भिडियो प्रशारणमा खटिएका पत्रकार उदय सिंह श्रेष्ठमाथि समेत हातपात गर्न खोजिएको थियो । भीडबाट बच्नको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक अरुण पौडेललाई जानकारी गराएपश्चात प्रहरीको सुरक्षामा लाइभ भिडियो प्रशारणमा लागेका श्रेष्ठ पत्रकार लक्ष्मी चौधरीलाई जिल्ला प्रहरी कार्यालय पु¥याइएको थियो ।

बरामद गरिएको सामानका धनीलाई केही स्थानीयहरु उक्साएर उक्त भीडलाई उत्तेजित गराउनुको साथै बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाई सकिएको सामान छोड्न पर्ने दबाव सहित जिल्ला प्रहरी कार्यालय पठाइएको स्रोतले बतायो ।

पत्रकारले करिब डेढ महिनादेखि राष्ट्रको राजस्व बढाउने अभियानमा लागेपछि अधिकांश पैसा खानेहरुको अहिले दानापानी समेत सुकेको कारण राजस्व बढाउने अभियानमा लागेकाहरुमाथि विभिन्न नाटकिय रुपमा एकतर्फी समाचार अहिले अनलाइनमा आएको पनि देख्न सकिन्छ ।