Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

रक्तदान सहित निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

मिलन श्रेष्ठ ।

९ भाद्र, सुर्खेत । जिल्ला स्थति विभिन्न लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपाल अन्तर्गतका सुर्खेत र दैलेख जिल्लामा रहेका लायन्स क्लबहरुल आज एक कार्यक्रमको आयोजना बिच रक्तदान सहित निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

डिष्ट्रिक एडभाइजर लायन्स टिकाराम चपाईको प्रमुख आतिथ्यता, डिस्टिक चिफ एमजेएफ लायन्स बिजय पराजुली र एओजि लायन्स कमल नेपालको बिशेष आथित्य, रिजन चियर पर्सनहरु लायन्स हरिहर बस्नेत लायन्स वासना थापा, जोन चियर पर्सनहरु लायन्स बिन्दु नेपाल, लायन्स खगिसरा शाही, लायन्स नजराज गुरु, लायन्स दिपेन्द्र ढकाल, डिस्टिक को–अडिनेटरहरु लायन्स किशोरकुमार रेग्मी, लायन्स बासुदेव शर्मा, लायन्स भद्र भण्डारी, लायन्स बसन्त रेग्मी, लायन्स भानुभक्त खड्का, साइड फस्ट को–अडिनेटर लायन्स सरस्वती बस्नेतको आतिथ्यमा सम्पन्न रक्तदान एवंम् निशुल्क मधुमेह जांचको कार्यक्रमको आयोजना गरिएका थियो ।

कार्यक्रमका अध्यक्ष लायन्स विनु सिं भास्करका अनुशा जिल्ला स्थीत सम्पूर्ण लायन्सहरुको बार्षिक कार्य योजना अनुशार उक्त कार्यक्रमको आयोजना गरिएको बताए । भास्करले थपे आजको कार्यक्रममा आफूले सोचे अनुरुप कार्य गर्न नसेको दुखेसो समेत पोखेका थिए, उनका अनुशा हामीले कम्तिमा पनि ५० पिन्ट भन्दा बढी रगत संकलन गर्नका लागि जिल्ला स्थीत विभिन्न सुरक्षा निकाय९नेपाल आर्मि० संग गरी रक्तदान गर्ने भनेता पनि १२ मात्र पिन्ट रगत संकलन गर्न पायौं ।

प्राविधिक बिकास गिरीका अनुशार आफूहरु संग रगत संकल गर्ने क्षमता कम भएको हुनाले १२ पिन्ट मात्र रगत संकलन गरेको बताए ।

 

आजै रक्तदान सहित अन्य सर्वसाधारणहरुका लागि निशुल्क मधुमेह रोगको परिक्षण गर्ने कार्य गरिएको थियो जसमा भने करिब २०० जनाको निशुल्क मधुमेह रोगको परिक्षण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ सुर्खेतका डम्बर अधिकारी, लायन्स क्लब अफ बुलबुलेका लायन्स दलबहादुर गुरु, लायन्स क्लब अफ काक्रेबिहारका लायन्स शारदा शेर्पा, लायन्स क्लब अफ भ्यालीका उत्वस प्याकुरेल, लायन्स क्लब अफ भैरवस्थानका यामराज गिरी, लायन्स क्लब अफ सुर्खेत,शिबबिहारका प्रवेशमान मानन्धर, लायन्स क्लब अफ, सेरोफेरोका लायन्स छवि आचाय,लायन्स क्लब अफ सिद्धपाईलाका लायन्स चन्द्रा आचार्य, लायन्स क्लब अफ भेरीका लायन्स श्यामकुमार थापा र लायन्स क्लब अफ कर्णालीका सीता शाहीको उपस्थित रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बिजय पराजुली, आतिथि छविलाल आचार्य, भद्र भण्डारी, देवी सुवेदी, बासुदेव शर्मा, ठके उधोग, गोरख रावत, भानुभक्त खड्का, स्थानियहरु नवराज पौडे, अञ्जु कपडिया र सन्देश थापाले रक्तदान गरेका थिए ।