Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

सल्यानमा घर भत्किदा ५ को ज्यान गयो

 सल्यान

सल्यान मा एक घर भत्किदा एकै घरका ५ को मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ४ सेतिगुँरास मा गए राति साढे ९ बजे घर भत्किदा ५ जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुने हरुमा वर्ष ४० का रामसिंह बि.क., उहाँकी श्रीमती ३५ बर्षिया रामकली विक , ७ वर्षकी छोरी गंगा विक , ६ बर्षकी छोरी प्रमीला र ४ वर्षका छोरा रुपलाल विक रहनुभएको छ ।

८ वर्षिया छोरी सुनिता भने सकुसल रहेको बताईउको छ घटनाको उद्धार मा प्रहरी र स्थानीय हरु राती देखि नै खटिएका छन् भने नगर प्रमुख लोकमान बुढाथोकीको टोली बिहान घटना स्थलमा पुगिसकेको छ । यस्तै सदरमुकाम खलंगा बाट प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोली पनि घटनास्थल पुगिसकेको छ ।

घरको बिचको तल्ला को दलिन भाँचिएर घटना भएको हुनसक्ने ईलाका प्रहरी कार्यलय सिमखोलीका ईन्चार्ज प्रहरी नायब निरिक्षक रतन शर्माले जानकारी दिनुभयो ।