सुर्खेतमा ‘कलेक्शन बैंक फर अल’ स्थापना
सुर्खेत
उज्यालो जीवन सुर्खेतको आयोजना र आशा सन्जालको समन्वयमा प्राकृतिक विपद ,अपाङ्गता , विपन्न , घरबार विहिन ,तथा सडक वालवालिकाहरुका लागि ‘कलेक्शन बैंक फर अल ’ अर्थात विभिन्न सामाग्रीहरु जम्मा गर्ने बैंक स्थापना गरिएको छ ।

विभिन्न समयमा विपतमा परेका तथा गरिबीका कारणले सामान्य जिवनयापन गर्न असहज भएका व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्य सहित ‘कलेक्शन बैंक फर अल ’ स्थापना गरिएको हो ।
बैंकमा जम्मा भएका कपडा, कापी, किताव लगाएतका सामाग्रीहरु असहायलाई वितरण गरिनेछ ।

‘कलेक्शन बैंक फर अल ’ का अभियानकर्ता हरी उपाध्यायले गरिबीका कारणले कपडा , कापी ,किताव लगाएत दैनिक जीवनमा आवश्यक्ता पर्ने सामाग्रीहरु किन्न नसक्नेका लागि बैंकको स्थापना गरिएको बताए । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उनले भने, ‘कलेक्शन बैंक फर अलमा अहिलेसम्म ५ सय थान भन्दा वढि कपडा जुत्ता , चप्पल , कापी किताव , लगाएतका सामान जम्मा भइसकेको छ ।’
विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम भएको उनको भनाई छ । युवाहरुको सक्रियतामा अभियान निस्वार्थ सेवा भावले सुरु गरिएको र अभियानमा सेवाभाव भएका सम्पुर्ण व्यक्तीहरुको साथ र सहयोगको अपेक्षा राखेको उनले वताए । नयाँ सोचका साथ युवाहरुको सक्रियतामा सुरु गरिएको अभियान निरन्तर चलिरहने उनले वताए । उनले सहयोगका लागि हरेक शनिबार सुर्खेतका विभिन्न चोकहरुमा जाने गरेको वताए ।
विषेश गरी सामाजिक संजाल मार्फत अभियानलाई संचालन गरिरहेको उनले वताए । हामीले सामाजिक संजालमार्फत सहयोगको आग्रह गदै प्रत्येक शनिवार विभिन्न चोक चौक मा जाने गरेका छौ उनले भने, सहयोग पनि उत्साहजनक रुपमा पाईरहेका छौ । हामीले आउदै गरेको विजया दशमीलाई मध्यनजर गदै विशेष गरी पहिलो चरणमा सुर्खेतका वाढिपिडित परिवारहरुको घरदैलोमा पुगेर सहयोग गर्ने तयारी गरेका छौ । यस्तै अभियानका संयोजक योगेन्द्र भण्डारीले ‘कलेक्शन बैंक फर अल ’ मा जम्मा भएका सामाग्रीहरु विभिन्न असहाय , गरिव ,विपन्न व्यक्तिहरुका लागि खुल्ला रहने वताए । पछिल्लो समय वजारमा माग्न आउनेहरुको समस्या विकराल रुपमा वढ्दै गईरहेको छ त्यसलाई न्युनिकरण गर्नमा वैंकले महत्वपुर्ण रुपमा सहयोग गर्नेछ भन्नेमा हामी विशस्त रहेका छौ । उनिहरुलाई दैनिक जिवनमा आईपर्ने न्युनतम आवश्यक्ताहरु हामीले वैंक मार्फत प्रदान गर्ने लक्ष्य लिएर अभियान संचालन गरेका हौ । उनले भने , यो अभियानमा सवैको साथ र सहयोगको महत्वपुर्ण आवश्यक्ता छ ।






