सुर्खेतमा बागिना समूहको तीज सदभावना मेला
सुर्खेत, भदौ २७ ।
बुधबार हरितालिका तीज नाचगान र पूजा उपासना गरेर धुमधामका साथ देशभर मनाईएको छ । हरितालिका तीजको दिन व्रत बसेर शिवपार्वतीको पूजा र आराधना गरेमा अविवाहिताहरुले शिवको जस्तै कर्तव्य निष्ठ श्रीमान् प्राप्त गर्ने र विवाहिताहरुले श्रीमान्को दीर्घ आयुको कामना पूरा हुने धार्मिक विश्वास छ ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । यसैबिच, अघिल्लो वर्षहरुजस्तै सुर्खेतमा रहेको बागिना समुहले यस वर्षपनि भव्यताका साथ तिज मनाएको छ ।
हराउँदै गएको संस्कृति जोगाउने उद्देश्यले बागिना समुहले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएपनि साँच्चिकै पुरानो तरिकाले तीजको प्रस्तुती भने हुन सकेको पाइएन । लोप हुँदै गएको मौलिक संस्कृतिको संरक्षण गर्न बागिना समुहले यो कार्यक्रम आयोजना गरेको बागिना समहु सुर्खेतका अध्यक्ष गोविन्द कोइरालाको भनाई छ । बागिनाले खुल्ला चौरमा तिज गित, नृत्य र भेषभुषा तथा मौलिकताको मूल्यांकन गरि उत्कृष्ट हुने महिलालाई पुरस्कृत समेत गरेको छ ।
एकातिर बागिनाले संस्कृति जोगाउने कार्यका लागि तीज मेलाको आयोजना गरेको छ भने अर्कोतिर मौलिक तरिकाले भन्दा पनि आधुनिक तरिकाले नै तीजमा नाच्नेहरु धेरै देखिए । तीज सदभावना मेलाको अर्को आकर्षक भने सुर्खेती चेली गायिका टिका पुनले पनि तिजको अवसरमा आफ्ना प्रस्तुतीहरु राखिन् ।

बागीनाको तीज मेलामा गायिका टिका पुनले समेत पहिलेका वर्षहरु झैँ अबका वर्षहरुमा तीज नभएको बताइन् । उनले तिजका अवसरमा सवैलाई शुभकामना दिँदै भनिन् ‘हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्न सक्नु पर्दछ । अन्यथा समाजका अमूल्य संस्कृतिहरु भोली इतिहासको पानामा मात्र सीमित हुने अवस्था आउन सक्छ । पछिल्ला केही वर्षयता सांकृतिक भन्दा मनोरञ्जन गर्ने पर्वको रूपमा विकास हुँदै छ । तिज मनाउन दर खाने, नाच्ने र गाउने कुराको पनि फरक ढंगले विकास हुँदै छ । सत्य युगमा पार्वतीले महादेव पति पाउँ भनेर व्रत बसेको र महादेव पति पाएको धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । बागीनाको तर्पmवाट उनले तिजका प्रतियोगीहरुको मूल्यांकन गरेकी थिइन् ।
केही वर्ष यता तीज शहर बजारमा महिना दिन अघिदेखि भड्किलो रूपमा मनाउने संस्कारको विकास हुँदै छ । बागीना समूहका अध्यक्ष गोविन्द कोइराला, बरिष्ठ कलाकार प्रेमदेव गिरी, गंगा के.सी., ज्ञान बहादुर नेपाली, दिपक नेपाली लगायतको सहभागिता रहेको तिज मेला हरेक बर्ष जस्तो भव्य रहेको थियो ।






