राप्रपा (प्रजातान्तिक) दैलेखमा थापा
दैलेख
राप्रपा प्रजातान्त्रिकलले दैलेखमा राम बहादुर थापाको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरेको छ । २५ सदस्सीय सम्म हुने कार्यसमितिमा पदाधिकारीहरु पछि तोक्ने वैधानिक व्यवस्था रहेको छ ।

कर्णाली प्रदेश सहसंयोजक एवम् केन्द्रिय समस्य कविराम पुरी र बसन्त थापाको उपस्थितिमा जिल्ला कार्य समिति गठन गरिएको राप्रपा (प्रजातान्तिक) दैलेखले जनाएको छ । गाउँ देखि नगर हुँदै क्षेत्रीय र प्रदेश कार्य समितिको गठन गर्दै संगठन विस्तार र सुदृढिकरण गर्ने योजनाका साथ अगाडि बढिरहेको राप्रपा (प्रजातान्तिक) अहिले देशका सबै क्षेत्रहरुमा आफ्ना गतिविधिहरु संचालन गरिरहेको छ ।






