Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

कर्णालीमा ठुला भौतिक पुर्वाधार विकासका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भईरहेको छ : मुख्यमन्त्री शाही

सुर्खेत, आश्विन २ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भईरहेको वताउनुभएको छ । उहाँले कर्णालीको ठुला भौतिक पुर्वाधारको विकासका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भईरहेको वताउनुभएको हो ।
रारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताको टोली सहित मुगु पुगेर फर्केपछि सुर्खेत विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको वताउनुभयो ।
प्रदेश सरकारको विशेष आग्रहमा नर्थ वेस्ट एभिएसन कम्पनी सहितको लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, बीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । चिनिया सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण कार्य गरिरहेको छ ।
कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठुला होटेल तथा रिसोर्ट र विमानस्थल आवश्यक भएकोले लगानीकर्ताको टोलीलाई उक्त क्षेत्रमा लगानी गर्न आफुले आग्रह गरेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । हाई अल्टिच्युट विमानस्थलका रुपमा रारामा विमानस्थल निर्माणका लागि लगानीकर्ताहरु सकारात्मक रहेको पनि उहाँको भनाई छ ।
त्यस अतिरिक्त जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाईड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।