Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

सुर्खेतमा कर्णाली महोत्सव–२०७५ हुँदै

सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा आगामी मंसीर १९ गते देखि पुष १ गतेसम्म कर्णाली महोत्सव–२०७५ को आयोजना हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्स काठमाण्डौ सह आयोजक रहने सो महोत्सवलाई नेपाल चेम्बरले प्रदेश स्तरीय महोत्सवको रुपमा संचालन गर्न निर्देशन दिएको र सो महोत्सवमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरुको समेत आगमन हुने जानकारी गराइएको छ ।

देश विदेशबाट समेत उधोगपती÷लगानीकर्ताहरुको सहभागीता हुने जानकारी दिदै सुर्खेत चेम्बरका महासचिब रामबहादुर खड्काद्धारा जारी विज्ञप्तीमा कर्णाली महोत्सव–२०७५ लाई सम्पन्न गर्न सबै पक्षको सहयोग एवम सहभागिताकालागी अनुरोध गरिएको छ ।