चीन भ्रमण उपलब्धीमुलक रह्यो : मुख्यमन्त्री शाही
सुर्खेत, आश्विन १३ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो पहिलो चीन भ्रमण उपलब्धमुलक रहेको बताउनु भएको छ । मुख्यमन्त्री शाहीले आफ्नो भ्रमणले द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय लगानीको वातावरण वनाउन निकै महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । साताव्यापी चिन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा सुर्खेत विमानस्थलमा शनिवार संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनु भएको हो ।

चीन भ्रमणका क्रममा प्रमुख रुपमा हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको जानकारी मुख्यमन्त्री शाहीले जानकारी बताउनु भयो ।
‘चाईना रेलवे कम्पनीसंग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययन पछि प्रतिवेदन प्रदेश सरकारलाई वुझाइने र प्रदेश सरकारले संघीय सरकार समक्ष योजना कार्यान्वयनका लागि पहल गर्न अनुरोध गर्ने उहाँको भनाई थियो ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘केन्द्र सरकारसंग सम्झौता पछि यो द्रुतमार्ग निर्माणको काम अगाडी वढ्छ ।’
हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको बताउदै यो योजना प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको मुख्यमन्त्रीको भनाई थियो । मुख्यमन्त्री शाहीले चीन भ्रमणमा कर्णाली एअरलाईन्स स्थापना, पर्यटन पुर्वाधारको विकास, जडीवुटी प्रशोधन, जलविद्युत विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा पनि छलफल भएको बताउनु भयो ।
चिनको सिचुआन प्रान्तका गभर्नर Yin Li को औपचारिक निमन्त्रणामा चिन जानुभएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न 17th Western China International Fair र Belt and Road Development Conference मा सहभागि सहभागि हुनुभएको थियो ।






