Loading... आजः १४ असार २०८३, आईतवार । Sunday 28th June 2026
ताजा खबर
  

कृषि तथा सास्कृतिक पर्यटन प्रर्वद्वन मेला हुने

सुर्खेत ।

सुर्खेतमा बुद्धको मुर्ति स्थापनाको लागि महोत्सवको आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतको आयोजनामा कृषि तथा सास्कृतिक पर्यटन प्रर्वद्वन मेला हुने भएको छ । आगामी कार्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको मुख्य लक्ष्य वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बुद्ध सरोवर निर्माणमा आर्थिक संकलन रहेको आयोजकले जनाएको छ ।

४५ फिट उचाई भएको बुद्धको मुर्ति स्थापना गरी पर्यटक प्रर्वद्धनमा सहयोग पु¥याउने लक्ष्य रहेको महोत्सव सञ्चालन मुल कार्यसमितिका संयोजक पञ्चसिह रोकाय खाम्पाले बताए । उनले भने, ‘बुद्ध सरोवर निर्माणका साथसाथै नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतमा आवद्ध जातिय संघसंस्थाहरुको कार्यालय स्थापनाका लागि महोत्सव सञ्चालन गरिएको हो ।’ लगायत कृषि, सांस्कृतिक तथा पर्यटकिय प्रर्वद्धन गर्दै आर्थिक बृद्धि गर्ने महोत्सवको उदेश्य रहेको संयोजक रोकायले बताए ।

महोत्सवमा एक करोड बराबरको कारोवार तथा एक लाख दर्शक भित्र्याउने आयोजकको अनुमान रहेको छ । महोत्सवमा कुल दुई सय ५० स्टल रहने संयोजक रोकायले जानकारी दिए ।