Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

बडादशैंको टीकाको साइत बिहान ९ः५१ मा

काठमाडौँ

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ ।

असोज २४ गते नवरात्र मेला सुरु भई सोही दिन बिहान ७ः१५ बजे घटस्थापना २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९ः२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी भई बडादशैँ कात्तिक २ गते परेको छ ।

टीकाको साइत ९ः५१ बजे शुभ मानिएको छ ।

आज विजया दशमी, यो दिनलाई किन भनियो विजया दशमी ?बडादशैंको टीकाको साइत बिहान ९ः५१ माबडादशैंको टीकाको साइत बिहान ९ः५१ मा

कात्तिक ६ गते जमरा सेलाउने र ७ गते कोजाग्रत पूर्णिमा तोकिएको छ । पर्चा परम्परा अनुसार साइत उपत्यकाका तीनवटै मल्लकालीन दरवारका ढोकामा सर्वसाधारणको जानकारीका लागि टाँस भएको हनुमानढोका दरवार हेरचाह अड्डाका पर्वपूजा समितिका संयोजक मिठाराम पुडासैनीले जानकारी दिनुभएको छ ।