Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

तलब नपाउँदा कर्मचारीको दशैं खल्लो

जुम्ला

सरकारी कर्मचारीले नै दशैंमा तलब नपाएपछि उनीहरुको दशैं खल्लो भएको छ । कर्मचारीहरुले बडादशैंमा पनि तलब नपाएको गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उहाँले बताउनुभयो ।

“आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ उहाँले भन्नुभयो, “जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।”

प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशंै पनि बित्यो तर पाइएन ।

उहाँले भन्नुभयो, “खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन । सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।”