Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

अछाम गजल मञ्चमा जीवन सरोबर

अछाम २० कार्तिक |

अछाम गजल मञ्चको नयाँ अध्यक्षमा जीवन सरोबर भयन भएका छन् । उनको अध्यक्षतामा अछाम गजल मञ्चले नयाँ कार्यसमिति समेत चयन गरिएको हो । जसको उपाध्यक्षमा भिम सरोवर, सचिवमा मीन बाब्ली मीलन , सहसचिवमा उपेन्द्र भावुक, कोषाध्यक्षमा पुजा रावल रहेका छन भने सदस्यहरू सुनिल भण्डारी, संसार प्रतिक्षा, पुस्पराज संज्याल, माया स्वार, तपेन्द्र तुफान  लगायत ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

अछाम गजल मंचकाे नयाँ कार्यसमिति चयन

अछाम गजल मंचका अध्यक्ष ताराप्रसाद पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य सेर बहादुर कुवर रहनु भएकाे थियाे । उल्लासपुर्ण तरिकाले सम्पन्न भएकाे कार्यक्रममा अछाम जिल्लामा सक्रिय साहित्यकारहरू, पुर्णीमा साहित्य मंचका अतिथी टाेली लगायत साहित्यनुरागीहरूकाे उपस्थिती रहेकाे थियाे ।

अछाम गजल मञ्चको तेस्रो साधारणसभा, गजल साँझ, उषाकिरणकाे १३ अाैँ अंक विमाेचन तथा बृहत् रचनावाचन तथा उपहार चिठ्ठा कार्यक्रम सम्पन्न भएकाे छ । अछाम गजल मंचकाे अायाेजना र साँफेबगर नगरपालिकाकाे प्रायाेजनमा सम्पन्न भएकाे कार्यक्रममा अछाम जिल्ला लगायत छिमेकि जिल्लाका साहित्यकार, कवि, गजलकार लगायतकाे उल्लासपुर्ण सहभागिता रहेकाे थियाे ।