देवकोटा जयन्तीमा कविता प्रतियोगीता
सुर्खेत २१ कार्तिक ।
महाकवि लक्ष्मी प्रसाद देवकोटो ११० औं जन्मजयन्तीमा सुर्खेतको हिमाली पुस्तकालयले कविता प्रतियोगीताको आयोजना गरेको छ । जसमा खुलातर्फ उमालाल आचार्य प्रथम, मित्र प्रेमबहादुर विश्वकर्मा द्वितीय, टीकाभक्त गिरी तृतीय र छात्रा सुस्मिता गौतम सान्त्वना स्थान हासिल गरेका छन् भने बाल कविता प्रतियोगीता तर्फ अर्जुन आचार्य प्रथम, जानुका चौलागाईँ द्वितीय, समीक्षा नेपाल तृतीय र सुदीक्षा भण्डारी सान्त्वना स्थान ओगट्न सफल भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा देशभरमा साहित्यकारहरुले उनलाई सम्झिएका छन् भने उनको नाममा विभिन्न कार्यक्रमहरु समेत भएका छन् ।

यसैगरी दैलेखको देवकोटा चोकमा रहेको देवकोटाको सालिकमा माल्यार्पण गरिएको छ । कला साहित्य उत्थान प्रतिष्ठानको आयोजनामा माल्यार्पण कार्यक्रम भएको हो । देवकोटाको सम्झनामा विभिन्न साहित्यिक संघसंस्थाहरुले समेत कविता तथा रचना वाचन कार्यक्रमहरु गरेका छन् । कार्यक्रममा दैलेखमा रहेका साहित्यकारहरु, शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

महाकवि देवकोटाको मुना मदन कृति सबै भन्दा चर्चित कृति हो ।







