Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

एभरेष्ट सहकारीको एघारौं साधारण सभा सम्पन्न

कोहलपुर

बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित एभरेष्ट कृषि सहकारी संस्था लि.को एघारौँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष रुचालले सम्वृद्ध गाउँपालिका बनाउनका लागि सरकार, निजिक्षेत्र र सहकारीलाईसँगसँगै लैजाने बताए । साथै उनले बैजानथ गाउँपालिका सहकारीमैत्री गाँउपालिका बनाउन र किसानहरुको उत्पादनलाई बजारीकरण गर्न गाँउपालिकाले गत वर्ष धेरै रकम सहकारीका क्षेत्रमा विनियोजन गरेको बताए ।

साधारण सभामा शुभकामना मन्तव्य राख्दै पुर्व सिँचाई राज्यमन्त्री दल बहादुर सुनारले राज्यको ३ खम्बे नीतिलाई अगिंकार गर्दे सहकारी अघि बढ्नुपर्ने बताए । साथै सहकारीहरु गरिबका झुपडीसम्म पुग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाँउपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले सहकारीले ऋण लगानी गर्दैमा सामाजिक परिवर्तन नहुने भन्दै पछि पारिएका आर्थिक रुपमा विपन्न बैजनाथ गाउँपालिकामा रहेको सहकारीका शेयर सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन् ।

साधारण सभामा २१ बुँदे वार्षिक प्रतिवेदन प्रस्तु गर्दे सहकारीका अध्यक्ष देव बहादुर के.सीले कुनै पनि शेयर सदस्यको मृत्यु भएमा मृत्यु संस्कार खर्च वापत १० हजार जेष्ठनागरिक सम्मान वाषर््िाक प्रतिव्यक्ति २ हजार, असाहय तथा अपाङ्ग वार्षिक १५ सय तथा सुत्केरी पोषण खर्च वापत सहकारीले १५ सय उपलब्ध गराउने बताए ।

साधारण सभामा सहकारी स्थापनामा योगदान पु¥याउने ओम प्रकाश शर्मा, भुमा बुढाथोकी, पुर्णा कुमारी बस्नेत, खम्म बहादुर राना तथा डम्बर रावतलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

त्यस्तै सहकारीबाट ऋण लिएर सफल उद्यमी बन्न सफल गणेश बस्नेत, सुदिप सेढाई तरकारी उत्पादक मान बहादुर थारु असल बचतकर्ता लेखा ढकाल सरस्वती लगागतलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारी लाल बहादुर घर्तिमगर उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएका छन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मन बहादुर खत्री कार्यापालिका सदस्य गुमान बहादुर परियार, लक्ष्मी चौधरी वडा सदस्यहरु जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, कृषि सहकारी संस्था बाँकेकी अध्यक्ष एकता शाह, राष्ट्रिय सहकारी विकास बैक कोहलपुर शाखा प्रमुख किरण खत्री, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष देब बहादुर के.सीको सभापतित्वमा सम्पन्न भएको थियो भने सहकारीका कार्यकारी निर्देशक माधव रिजालले कार्यक्रमको संचालन गरेका थिए ।