Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

देउतीले दियो यात्रुलाई ‘माइलेज कार्ड’

सुर्खेत, २९ कार्तिक ।

देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो ।


प्रा.लि.ले बिहिबार काठमाडौंका लागि तीन ओटा रात्रीकालिन बसहरु छुटाएको छ । हाइस सेवा दिँदै आएको प्रा.लि.ले पहिलो पटक काठमाडौं रुटका लागि बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं सेवा शुरुसंगै यात्रुहरुलाई माइलेज कार्ड दिएका छौं’ प्रा.लि.का सचिव रमेश खड्काले भने ‘प्रा.लि.का जुनसुकै बसहरुमा पनि यात्रुहरुले यात्रा गर्नु अघि काउन्टरमा माईलेज कार्ड देखाए दश प्रतिशतसम्म भाडामा छुट पाउनेछन् ।’

यात्रुहरुको माग अनुसार नयाँ गाडीहरु भित्र्याएको बताएका सचिव खड्काले यात्रुहरुलाई नै छुटसहित अफर ल्याएको उल्लेख गरे । अन्य बसहरुको तुलनामा यात्रुहरुलाई यात्रामा आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रा.लिका अध्यक्ष कमल खड्काले जानकारी दिए । उनले बसमा हिटर, एसी, फ्रि वाईफाई र लक्जरी सिटरहरुको सुविधा रहेको बताए । सुर्खेत बसपार्कबाट दैनिक साँझ ४ र पौने पाँच बजे बसहरु छुटाउने प्रा.लि.ले जनाएको छ । काठमाडौंबाट सुर्खेत आउने यात्रुहरुले तत्कालका लागि सुन्धारा र कलंकीबाट टिकट लिन सक्ने पनि प्रा.लि.को भनाई छ । आगमी मंसिर १ गतेबाट काठमाडौं बसपार्कमै काउन्टर स्थापना गरेर यात्रुहरुलाई सेवा दिइने प्रा.लि.का अध्यक्ष खड्काले जानकारी दिए ।