Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

दुई सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

सुर्खेत २ मंसिर ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजमएफपी) को अनुदान सहयोगमा पूर्वी सुर्खेतका दुई वटा सहकारी संस्थाहरुले सञ्चालन गर्न लागेको उपआयोजनाको शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । रिजमएफपी बाँकेको सहयोगमा भेरीगंगा नगरपालिका–७ मैनगडाको सृजना साना किसान कृषि सहकारी संस्था लि. र गुर्भाकोट नगरपालिका–९ को गुमीमा रहेको महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाले व्यवसायिक तरकारी उत्पादन कार्यक्रम सुरु गरेका छन् ।

यो कार्यक्रमको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको हो । गुमीमा भएको कार्यक्रममा भेरीगंगा नगरपालिका–३ का वडा अध्यक्ष मधु गुरुङले सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई महत्वपूर्ण हुने बताए । ‘अधिकांस कार्यालय र संघ–संस्थाहरुले स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्ने भएपनि उनीहरुको कार्यक्रमको पारदर्शिता देखिँदैन्’ वडा अध्यक्ष गुरुङले भने, ‘रिजमएफपीले विभिन्न सहकारीमार्फत सञ्चालन गरेका कार्यक्रमको पारदर्शीता र सञ्चालन प्रक्रिया अरुले पनि अनुसरण गर्नु आवश्यक छ ।’ रिजमएफपीका गोपाल विकले अनुदानलाई सदुपयोग गर्न सहकारी र सदस्यहरुलाई आग्रह गरे ।

उनले सुर्खेतमा रिजमएफपीले ४३ वटा उपआयोजनामार्फत आठ करोडबढी लगानी गरेको जानकारी दिँदै कृषकलाई व्यवसायि बनाउनुका साथै बजारिकणमा कार्यालयले सहयोग गर्दै आएको बताए । मेहनत र पारदर्शीता भएमा लगानीको खाँचो नहुने भन्दै उनले रिजमएफपीले गरेको सहयोगलाई सही सदुपयोग गर्न अनुरोध गरे । साना किसान कृषि सहकारी संस्थाले ५० लाख ७५ हजार बढीको उपआयोजना सञ्चान गर्दैछ । त्यो आधा रकम रिजमएफपीले अनुदान सहयोग गरेको हो । सहकारीका उपाध्यक्ष प्रेमा घर्तीले रिजमएफीले दिएको अनुदान सहयोगले सहकारीमा आवद्ध महिलाहरुलाई व्यवसायिक कृषक बनाउन सघाउ पु¥याउने बताइन् । ‘यहाँका अधिकांस कृषकहरु परम्परागत तरकारी खेती गर्दै आएका छन्, अनुदानमार्फत प्रदान हुने उपकरण, तालिम र प्राविधिक सहयोगले व्यवसायिक कृषिमा लाग्न सहज हुने छ’ उनले भनिन्, ‘अनुदानको सदुपयोग गर्दै नमूना काम गछौं ।’ कार्यक्रममा नगर कृषि शाखाका निमित्त प्रमुख हिरा घर्ती, गुर्भाकोट नगरपालिका–१४ का अध्यक्ष ससबहादुर घलेलगायतको उपस्थिति रहेको थियो ।

यस्तै भेरीगंगा नगरपाकिला–७ मैनतडा सृजना साना किसान कृषि सहकारी संस्थामा भएको कार्यक्रममा वडा सदस्य नेवालाल सार्कीले अनुदान सहयोगको सदुपयोग गर्दै व्यवसायिक कृषिमा लाग्न कृषकहरुलाई आग्रह गरे । उनले वडास्तरबाट कृषकका उत्पादनको बजारिकणमा सघाउने बताए । सहकारीका अध्यक्ष गंगा रोकायको सभापतित्वमा भएको कार्यक्रममा रिजमएफपीका गोपाल विकलगायतले बोलेका थिए । ४३ लाख २७ हजार तीन सय ४ रुपियाँमा व्यवसायिक तरकारी उत्पादन सुरु हुँदैछ । जसमध्ये सहकारीको ३२ लाख ९० हजार ५०० ५३ रुपियाँ र रिजमएफपीको १९ लाख ३६ हजार सात सय ४४ रुपियाँ अनुदान छ ।