Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

काँग्रेस आफ्नै कारणले हा¥यो : सिटौला

सुर्खेत ४ मंसिर ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले आफ्नै कारणले निर्वाचन हारेको बताएका छन्. । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै पार्टीका पूर्व महामन्त्री सिटौलाले यस्तो बताएका हुन् ।


महामन्त्री सिटौलाले नेपाली काँग्रेसले नयाँ सोच तथा नयाँ विचारका साथ प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले काँग्रेसीहरुले कम्युनिष्टलाई एकदलिय सोचबाट परिवर्तन गरि बहुदलिय सोचको धारमा ल्याउनुपर्ने बताए । वर्तमान सरकारले जनताले चाहे बमोजिम काम गर्न नसकेको बताउँदै उनले सरकारलाई नागरिकको शिक्षा, स्वास्थ्य तथा कृषीमा ध्यान दिन बताउनुपर्ने धारणा व्यक्त गरे । सरकारद्वारा शिक्षा लगायतका क्षेत्रमा अराजकताको सुरुवात भएको बताउदै उनले संविधान र संघिएताको मर्म अराजकता र अशान्ती नभएको धारणा व्यक्त गरे । पार्टी भित्र देखिएको मतभेद महासमिति बैठकपछि अन्त्य हुने ठोकुवा गर्दै उनले भने, ‘अहिले हामी आ–आफ्नै तरीकाले हिंडेका छौं, तर महासमिति बैठकपछि कांग्रेस एकताबद्ध र व्यवस्थित हुन्छ ।’

पुर्व महामन्त्री सिटौलाले निर्मला पन्तको बलात्कारपछि हत्या गरेकोलाई कारवाही नगरी प्रमाण नष्ट गरी निकमा सरकार भएको आरोप समेत लगाए । उनले मुलुकमा समृद्धि होइन, महंगी, करको मात्रै समृद्धि भएको उल्लेख गरे । राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धी राय सुझाव लिन आयोजना गरिएको गोष्ठीमा पूर्व महामनत्री सिटौलाले नेता सचिन कर्याकर्ताले गल्ती कमजोरी औल्याउनु पर्ने बताए । उनले भने, ‘नेता आफै सुध्रिन्छन् भन्ने नठान्नुस, सुधारका लागि तलबाटै आवाज उठ्नु पर्छ ।’ उनले पार्टीलाई सहि दिशातर्फ लैजान र नेताका कमीकमजोरीलाई सुधार गर्ने उत्तम स्थान भनेको महासमिति बैठक भएको बताए । उनले भने, ‘त्यही बैठकमा आफ्ना कुरा स्पष्ट राख्नु होला ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेसको सम्वृद्धिका लागि पूर्व मेची देखि महाकालीसम्म टाउँकोमा कप्फन बाँधेर आन्दोलन गर्न तयार रहेको बताए । उनले ओली सरकारले अहिलेसम्म निर्मला पन्त हत्यारालाई पक्राउ गर्न नसकेको बताउँदै सरकारले जनताको ढाड सेकाएको आरोप लगाए ।
पूर्व मन्त्री एवं केन्द्रीय सदस्य थानीले कांग्रेसलाई अघि बढाउनका लागि कांग्रेस एकवद्ध भएर अघि बढ्न आग्रह गरे । उनले गरिब, विपन्न, जनतालाई प्रगतिको बाटोमा ल्याउनका लागि नेपाली कांग्रेसले वृहत छलफल गर्न आवश्यक रहेको बताउँदै कांग्रेसले देशको अस्त्विको बारेमा सोच्ने बेला आएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक किशोर सिंह राठौरले कांग्रेसले निर्वाचनमा विजय हासिल गर्नका लागि काम मात्र नभई संगठन र जनताको मनमस्तिष्कमा भिज्न आवश्यक भएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामा महासमिति सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति र नगर तथा गाउँपालिकाका नगर प्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।