महाबुमा उड्यो पहिलो पटक प्याराग्लार्इडिङ्ग
५ मंसिर, दैलेख ।
पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाईडिङ्ग) दैलेखको महाबु गाउँपालिकामा पहिलो पटक उडान गरिएको छ । गाउँपालिकाको केन्द्र गैडाबाजदेखि उडान भएका प्याराग्लाइडिङ्ग करिब १ किलोमिटरको दुरि उडान हुँदै स्थानीय गिताचौरमा सफल ल्याण्ड भएका हुन् ।

पोखरामा बस्दै आएका वडा नम्बर ३ सुवाकोटका स्थानीय नबिन बुढा र गणेश बुढाले आफ्नै लगानीमा प्याराग्लाईडिङ्ग गरेका थिए ।
दैलेख क्षेत्रमा आएका पर्यटकहरुले महाबुमा प्याराग्लाईडिङ्ग मार्फत मनोरञ्जन लिन सकिने गाउँपालिकाका स्वास्थ्य ईकाई ईन्चार्ज रमेश कुमार दशौदिले बताए ।
प्याराग्लाईडिङ्ग पश्चात हुन सक्ने सम्भावित दुर्घटनाहरुको पहिचान गरि यसलाई व्यावसायिक रुपमा सन्चालन गर्ने अनुमति गाउँपालिकाले दिने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।






