च्याम्बरले आयोजना गर्ने महोत्सव स्थगित
मंसिर १० सुर्खेत ।
च्याम्बर अफ कमर्शको आयोजनामा सुर्खेतमा यही मंसिर १९ गतेदेखि हुन लागेको महोत्सव एक महिनाका लागि स्थगित भएको छ । आन्दोदनरत व्यापारी र महोत्सव आयोजक बीच पाँच बुदे सहमति भएपछि आन्दोलनका कार्यक्रमहरु स्थगित भएका छन् । आज सोमबार सुर्खेत बजार पूर्ण रुपमा बन्द रहेको छ ।

महोत्सवको विरोधमा आन्दोलनमा उत्रिएका व्यपारी र सरोकारवालासहित सुर्खेतका प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख र सुर्खेत उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्सका अध्यक्ष सम्मेलित जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार बसेको बैठकले पाँच बुदे सहमति गरेको हो ।
वीरेन्द्रनगर क्षेत्र भित्र विभिन्न पक्षहरुबाट सञ्चालन गर्ने मेला तथा मोहोत्सवका सम्वन्धमा सम्वन्धित स्थानिय तहले सम्वन्धित विषयका कानुन कार्य्विधिहरु निर्माण गर्न अनुरोध गरिने । सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गर्न लागीएको कर्णाली महोत्सव २०७५ एक महिना स्थगित गर्ने, वीरेन्द्रनगरमा सञ्चालन हुँने मेला मोहत्सवहरु सो नगरपालिकाकै कार्य्विधी अनुरुप सञ्चालन गरिने लगाएतका पाँच बुदे सहमती भएको छ ।
वीरेन्द्रनगरमा शुरु गर्न लागिएको महोत्सवको विरोधमा व्यापारीहरुले सोमबार बिहानै देखी बजार बन्द गरेका थिए । संघले उदेश्यविनाको महोत्सव लगाएर स्थानीय व्यापारीहरुलाई मर्कामा पारेको भन्दै उनिहरुले बिरोध जनाएका थिए । आइतबार व्यापारीहरुले महोत्सव स्थल खुलामञ्चमा लगाएको टिनको बार भत्काएका थिए । प्रहरीले हटाउन नदिएपछि व्यापारीहरुले सोमबार विहानैदेखी बजार बन्द गराएर आन्दोलनमा उत्रिएका थिए ।






