Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

‘प्रादेशिक श्रम तथा रोगजारी नीति २०७५’ तयार गरिदै

सुर्खेत १० मंसिर
प्राकृतिक स्रोत साधानको प्रयोग गरि दक्ष जनशक्ति दियो उत्पादनमा लगाउनु पर्र्नेे सोमबार वीरेन्द्रनगरमा आयोजित सरोकारवालाहरुसँगको सहभागिहरुले जोड दिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ‘प्रादेशिक श्रम तथा रोगजारी नीति २०७५’ सम्बन्धि अन्तरक्रियाका सहभागिहरुले यस्तो जोड दिएका हुन ।

कर्णाली प्रदेशमा रहेका जडिवुटीहरुलाई प्रशोधन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गरेर बजार व्यवस्थापन गर्नुपर्नेमा सामाजिक विकास मन्त्रालयका सचिब डा. मानबहादुर विकले बताए ।

नीति बनाउदा व्यवहारिकतालाई सहज हुने शैक्षिक विकास गरिनु पर्ने जोड दिदै विकले कर्णाली प्रदेशले रोजगार, व्यापारको बजार क्षेत्र खोज्नु पर्नेमा समेत बताए । अर्धदक्ष कामदारलाई दक्ष बनाउनु पर्ने आवश्यक रहेको भन्दै यसका लागि राज्यले सीपलाई सहकारीसँग जोडेर लानु पर्नेमा जोड दिको यस्तै अन्तरक्रियामा औधोगिक विकास कार्यालयका जीवनारायण बन्जाडे कर्णाली प्रदेशको औधोगिक क्षेत्रका उद्योगहरुमा समस्या परेको समेत बताए ।

बत्तीका कारण भएका उद्योगहरुलाई पनि समस्या परेको भन्दै बन्जाडेले कर्णालीका लागि साना तथा मझौला उद्योगहरु स्थापना गर्न जरुरी रहेको बताए । यस्तै अखिल नेपाल ट्रेड यूनियन सुर्खेतका जिल्ला सचिब श्रीपाल सारुले योगदानका आधारमा लागु हुने सामाजिक सुरक्षा कोषको बारेमा सबै श्रमिकहरुलाई गराउनु पर्नेमा जोड दिए । रेसमा विसीले सहजीकरण गरेका अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका विष्णुप्रसाद अधिकारले कार्य पत्र प्रस्तुत गरेका थिए ।