Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

रातोथुङ्गा बिमोचित

मंसिर १५ सुर्खेत ।
प्रगतिशील लेखक संघको प्रकाशन रातोथुङ्गा विमोचन भएको छ । साहित्यकार महेन्द्रप्रसाद गिरीले एक कार्यक्रमका बीच उत्तर साहित्यिक पत्रिका रातोथुङ्गाको विमोचन गर्नु भएको हो । रातोथुङ्गाका प्रधान सम्पादक सीता यरीले देशमा भएका सबै क्षेत्र, तह र तप्काका साहित्यकारहरु विविध विधाका रचनाहरु समेटेर १८ औं प्रकाशन गरेको बताउनु भयो ।


साहित्यकार महेन्द्रप्रसाद गिरीले नेपाली साहित्य पछिल्लो समयमा विभिन्न रंग र भेदमा बाँडिन थालेकोमा चिन्ता गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि साहित्यिक रचना सन्देशमुलक हुनुपर्छ । कुनै पनि रचनाले अप्रगति नचाहने भएकोले साहित्य भनेको प्रगतिवादी हो । डा. दीपक गौतमले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भन्नुभयो, ‘पछिल्लो समयमा साहित्यका विविध विधाहरुले आ–आफ्नो भूमिका निर्वाह गरिरहेका बेला रातोथुङ्गाले सबै विधालाई समेट्न सक्नु र स्तरीय पुस्तक प्रकाशन गर्नु सुर्खेती साहित्यका लागि गौरवको कुरा हो ।’

 

प्रलेश सुर्खेतका अध्यक्ष हरिलाल महताराको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष विष्णु महताराले गर्नुभएको थियो । कार्यक्रममा डा. दीपक गौतम, गणेश गौतम, खगेन्द्र अधिकारी ‘अमृत’ महेन्द्र चन्द महासागर, पहल असिम थापा, जागेश्वर नेपाल, चक्रदेव शर्मा ऋषि शर्मा सुदामा, भरत प्रमोद दाहाललगायतको उपस्थिति रहेको थियो ।