Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

मुख्यमन्त्री शाहीद्धारा शोक व्यक्त,

सुर्खेत, १६ मंसिर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीद्धारा सुर्खेत गजोनीमा भएको वस दुर्घटना र त्यसवाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले केही समय यता भईरहेका श्रृंखलावद्ध दुर्घनाहरु र त्यसवाट भईरहेको ठुलो मानवीय क्षतिले आफुलाई चिन्तित वनाएको वताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले दुर्घटनावाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । यसैविच मुख्यमन्त्री शाहीले राती नै अस्पत्तालहरुमा पुगेर दुर्घटनाका घाईतेहरुलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । घाईतेका आफन्तहरुको अस्पत्तालद्धारा उपचारमा लापरवाही भएको गुणासो आएपछि मुख्यमन्त्री शाही अस्पत्ताल पुगेर उपचारमा कुनै कमी आउन नदिन अस्पत्ताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

घटनामा परी २ जनाको ज्यान गएको छ भने ४४ जना घाइते भएका छन् ।