Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

एक युवकले गरे बुवा र ठूलाबाको हत्या

धनगढी ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् । बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको चिर्पटले प्रहार गरेर हत्या गरेका छन् । उनकै प्रहारबाट उनको आमा पनि घाइते बनेकी छिन् ।

उनको उपचार स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जहरीलालले आफ्नी पत्नीलाई बिना जानकारी माइत किन जान दिएको भन्दै बुवा, ठूला बुवा र आमालाई ढोका थुनेर कुटपिट गरेको जनाइएको छ । तर अझै घटनाबारे सत्यतथ्य खुल्न बाँकी रहेको जनाइएको छ । जहरीलाल प्रहरीको नियन्त्रण छन् ।