केवल नेट टि.भि. को दोस्रो साधारण सभा सम्पन्न
मंसिर २१ सुर्खेत ।
सुर्खेत केवल नेट टि.भि.प्रा.लि.को दोस्रो साधारण सभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि समेत रहेका पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले अहिलेको युग प्रविधियुक्त भएकाले सुर्खेतमा पनि यसलाई व्यवसाय गराउन ठुलो कुरा भएको बताए ।
सुर्खेतको पुर्वतिर यसको क्षेत्र विस्तारले त्य्हाँका बासिन्दाहरुलाई खुशी दिएका भन्दै थापाले आफ्नो गाउँ ठाउँबासीको नाताले सधै सहयोग रहने बचन दिए । यस्तै साधारण सभालाई नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीले आर्थिक विकास गर्नका लागि व्यवसाय अनिवार्य भएको बताए । समृद्धिका लागि व्यवसाय अनिबार्य भएको भन्दै वंशीले सबै साथीहरुको साथ र सहयोग अनिवार्य भएको समेत बताए ।
यस्तै सिद्धार्थ सञ्चार सहकारी संस्था लि.का अध्यक्ष दिपबहादुर रानामगरले अहिलेको प्रविधियुक्त समाजले संसार साँगुरिएकोले संसारका गतिविधिहरु सहजै बुझ्न सकिने बताए । सञ्चार जगतमा परिवर्तित प्रविधि युक्त हुन नसक्नेहरु सधै पछि परिरहने भन्दै रानाले प्रविधिसँग परिचित हुनु अहिलेको आवश्यकता रहेको समेत बताए । टेकबहादुर थापामगरको अध्यक्षतामा भएको सभामा किरण पुरी र रणबहादुर सलामीलाई उत्कृष्ठ ग्राहक भन्दै सम्मान गरेको कार्यक्रममा टेकबहादुर थापामगर, श्रीपाल सारुले शुभकामना व्यक्त गरे ।
खेल खेलौं स्वस्थ भै बाचौं मूल नाराका साथ शुक्रबारबाट मैत्रीपूर्ण व्याटमिन्टन खेल प्रतियोगिता भएको छ । बाङ्गगेसिल सामुदायिक सिकाई केन्द्र वडा नं. १ को आयोजना भएको खेलमा १३ टिमको सहभागि रहेको आयोजकले जनाएको छ । शुक्रबारै भएको उदघाटन खेलमा पहिलो टिममा गणेश शाही र दिपक रावतको जोडी, दोस्रो टिममा दिपेश चौधरी र ओम गुरुङ्ग तथा तेस्रो खेलमा राजु गुरुङ्ग र अशोक गाहाको टिम दोस्रो चरणका लागि प्रवेश गरेकोछ ।
खेल उद्घाटन गर्दै वडा १ का वडा अ्रध्यक्ष गंगाराम सुनार, खेलकुद विकास समिति सुर्खेतका प्रतिनिधि रहेको खेल २५ गते सम्म सञ्चालन हुने नवयुवा जागरणका निरक गुरुङ्गले बताए ।






