इगरब्रिजको ३३ औँ स्थापना दिवस तथा सप्ताहव्यापी खेलकुद सम्पन्न
पौष २, सुर्खेत ।
इगरब्रिज माध्यमिक विद्यालयले आफ्नो ३३औँ स्थापना दिवस तथा खेलकुद सप्ताह, विविध कार्यक्रम गरी मनाएको छ । सोमबार विद्यालयमा एक कार्यक्रमका बीच स्थापना दिवस तथा खेलकुद सप्ताह मनाइएको हो । कार्यक्रममा विभिन्न किसिमका खेलहरु, नाचगान लगायतका अन्य विभिन्न र्काक्रममा गरिएको हो ।

कार्यक्रममा विद्यालयका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारीहरु तथा अविभावकहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका शिक्षा ईकाई प्रमुख गजेन्द्र जिसीले इगरब्रिज माध्यमिक विद्यालयमा भैरहेका कामको प्रसंसा गर्दै स्थानीय तहमा नगर शिक्षा स्थापना भैसकेपछि आफुहरुको तर्फबाट हुने साथ सहयोग सधै रहिरहने बताउनु भयो । खेलकुद मानव जीवनको महत्वपूर्ण कुरा भएको भन्दै जिसीले पठन पाठनका अतिरिक्त खेलकुदलाई पनि अगाडि बढाउन सकेको अवस्थामा सबै क्षेत्रमा आफुलाई अब्बल सावित गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष तथा विद्यालयका सल्लाहकार कुलमणि देवकोटाले कर्णाली प्रदेशको शैक्षिक गन्तव्यको रुपमा वीरेन्द्रनगर विकास हुँदै गएको भन्दै इगरब्रिज माध्यमिक विद्यालय विभिन्न चुनैतीका बीच पनि आफुलाई अब्बल गराउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै इगरब्रिज माध्यामिक विद्यालयका संस्थापक हेम प्रकाश भुसालले विद्यालय सञ्चालनको क्रममा सहयोग गर्ने सबै अभिभावक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।






