Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

क्षमता विकास तालिम सुरु

पौष ५ सुर्खेत ।
लैगिक हिंसा निवारणका लागि न्यायिक समितिको लागि २ दिने क्षमता विकास तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा नगरपालिका भित्रका १६ वटै वडाका महिला सदस्यहरुलाई लक्षित गरी तालिम संचालन गरिएको हो । तालिमको उद्धघाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अब वडाबाटै बहस प्रक्रिया मार्फत न्यायीक कामबारबाही अघि बढाईने बताए ।

यस्तै नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक मोहनमाया ढकालले सानातिना विवादको समाधान वडाबाटै हुने भएकाले यसमा वडा सदस्यहरुको भुमिका महत्वपूर्ण हुने बताइन् ।
वडा सदस्यहरुको क्षमता विकासका लागि आयोजना गरिएको तालिमको सहजीकरण नगरपालिकाको न्यायिक समितिका सदस्य, वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल लगायतले गर्ने महिला बालबालिका तथा समाज कल्याण उपशाखाले जनाएको छ ।