क्यानद्वारा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान
पौष ७ सुर्खेत ।
कम्प्यूटर एसोसियशन नेपाल महासंघ शिल्ला शाखा सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सहभागिता रहेको थियो । सम्मान तथा बधाई कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतले आफुलाई प्राप्त भएको जिम्मेवारीले सुर्खेत जिल्लाका व्यापारीहरुका दुःख कष्ठहरु बुझेर अघि बढेन् बताए । उनले सुर्खेत उद्योग वाणिज्य संघलाई व्यवसायीक सझा थलोको रुपमा विकास गर्ने बताए । चुनावमा एक पक्षको हार र एक पक्षको जित अवश्य हुने भएकाले सम्पूर्ण व्यवसायीहरुको जीत सम्झेर अघि बढ्नुपर्ने बताए । कुनै व्याक्ति ठूलो नभएर संस्था ठूलो भएको भन्दै अध्यक्ष रावतले सबैको साथ सहयोगमा अघि बढ्ने बताए ।
यस्तै कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव तथा अन्य पदाधिकारीहरुले सबै साथ सहयोगले व्यवसायीक समस्याहरु हल गरेर अघि बढ्ने बताए । यस्तै कार्यक्रममा बोल्दै क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्ण देव अधिकारीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान व्यक्त गर्दै नयाँ कार्य समितिलाई क्यान महासंघले आफ्नो सहयोग दिने र लिने कुरामा सधै तत्पर रहेको बताए । नयाँ कार्य समितिले व्यवसायीक हेल्पडेक्स स्थापना पहिलो प्रथामिकता दिन सुझाव दिए । संस्था भित्र रहेका कुराहरुलाई पारदर्शी रुपमा तथा सदस्यहरुको अपनत्व जाेगाउने गरी संस्था अघि बढ्नेमा विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेम प्रकाश चन्दले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले क्यान महासंघ जुनसुकै बेलामा पनि उद्योग वाणिज्य संघ सँग सधै हातेमालो गरेर अघि बढ्न तयार भएको बताए । फागुन २४ गते देखि २८ गते सम्म सुर्खेतमा हुने ‘क्यान इन्फोटेक २०१९’ मा उद्योग वाणिज्य संघको साथ सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलार्इ क्यान महासंघका पदाधिकारीहरुले बधार्इ तथा शुभकामना व्यक्त गरेका थिए ।







