Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

प्राथामिक स्वास्थ्य सेवामा समस्या छ : आवाज

पौष १० सुर्खेत ।
महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको आवाज संसथाले प्राथामिक स्वास्थ्य सेवामा समस्या रहेको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आवाज संस्थाका कार्यक्रम निर्देशक पवित्रा शाहीले यस्तो बताउनु भएको हो ।

सन् २०१८ को जनवरीदेखि हालसम्म संस्थाद्वारा प्रदान गरिएका सेवाहरुको जानकारी दिने क्रममा निर्देशक शाहीले भन्नुभयो, ‘सुर्खेत जिल्लामा लिङ्गमा आधारित हिंसामा मनोवैज्ञानिक वा भावनात्मक दुरुपयोग सबै भन्दा बढि रहेको छ । जसमा १ सय १९ वटा, बर्दियामा १८ र दैलेखमा २५ वटा ंिहसा भएका छन् ।’ आवाजको कार्य क्षेत्र भित्र पर्ने यी जिल्लाहरुको तथ्याँङ्कलाई हेर्ने हो भने लिङ्गमा आधारित हिंसामा सबै भन्दा बढि मुद्दाहरु सुर्खेतमै रहेको बताइएको छ । जबरजस्ती करणी, यौन दुव्र्यबहार, मानव वेचविखत ओसार पसार, कुटपिट, सेवाहरु अस्वीकार, बहुविवाह, बालविवाह, सम्बन्ध विभ्छेद, पारिवारिक कुप्रथा, हराएका अलपत्र परेकाहरुको तथ्याँङ्क हेर्ने हो भने कुल मुद्दामा सुर्खेतमा २ सय ५७, बर्दियामा १०४ र दैलेखमा १ सय ३० वटा रहेको जनाइएको छ ।

महिला तथा बालबालिकाहरुका समस्याहरु मध्ये सन् २०१८ मा दर्ता भएका मुद्दाहरुको अवस्थालाई हेर्ने हो भने उमेर समूह १९ देखि २९ वर्ष, जातीयताका आधारमा हर्ने हो भने दलितमा ८४, शैक्षिक आधारमा हेर्ने हो भने १० कक्षा भन्दा तलको अध्ययन समूहमा १ सय ३८, आर्थिक स्थितिमा हेर्ने हो भने निम्न वर्गीयमा १ सय ५७, पेशागत आधारमा हेर्ने हो भने गृहिणीमा १ सय २२ र बस्तीका रुपमा हेर्ने हो भने नगर क्षेत्रमा १ सय ८८ मुद्दा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आवाजले गरिरहेका कार्यहरुलाई अझ प्रभावकारी रुपमा संचालन गर्नका लागि विभिन्न चुनौतिहरु रहेको समेत निर्देशक शाहीले बताउनु भएको छ । आवास गृहको क्षमता कम र सेवाग्राहीहरु कहिले काँही धेरै हुनु, महिला बालबालिका तथा बालकहरु समेतलाई एकै ठाउँमा राख्नु पर्ने बाध्यता हुनु, लामो समयसम्म पनि सीप तथा शिक्षालाई निरन्तरता दिन नसक्नु, पिडकहरु नै पीडितको मान्छे हुँ भन्दै झुक्याएर उनीहरुलाई भेट्ने र विभिन्न अवस्थाको सिर्जना गर्दै उनीहरुलाई नै कुरा फेर्न लगाउनु, सबै फोनबाट १०९८ मा फोन नलाग्नु जस्ता चुनौतिहरु रहेको बताइएको छ ।

प्रदेश सरकार र संघीय सरकारले नै आर्थिक तथा अन्य व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेको खण्डमा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्न सहज हुने निर्देशक शाहीको भनाई थियो । आवाज संस्थाले साधारण जानकारी, परामर्श, मध्यस्तथा, मेडिकल सेवा, यातायात तथा आर्थिक सहयोग, निवेदन लेखन, कानूनी सहयोग, अदालतमा मुद्दा दर्ता, कानूनी प्रक्रियाका लागि मुद्दा लेखन, सिफारिस, पुनस्र्थापना, प्रभावितलाई छात्रबृत्ति, उद्यमशीलता तथा आय आर्जनमा सहयोग गर्दै आइरहेको छ । यसैगरी बाल हेल्पलाइन अन्तर्गत १०९८ नम्बरबाट कूल २ हजार १३ वटा फोन कल मार्फत सेवा प्रदान गरिएको बताइएको छ ।