Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

संघद्धारा राहत संकलन शुरु

पौष १२ सुर्खेत।

सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ ।

आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन गरिएको हो ।

विहीबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा एउटा मिनी जीपमा अट्नेजति खाद्यान्न तथा जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।

राहत संकलन अभियान आज (शुक्रबार) पनि जारी रहने बताउँदै उहाँले अग्निीपीडितहरुलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।
यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्धारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. ण्घघण्ण्ण्ण्घघढऋब् मा ईच्छाअनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाई दिनपनि महासचिव कंडेलले आग्रह गर्नुभएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा संघका पदाधिकारीहरु आफै राहत संकलनमा लागिपरेका छन ।

कालिकोटमा परेको विपत्तिमा मानवीयताका साथै कालीकोट उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार राहत संकलन शुरु गरिएको अध्यक्ष रातवले बताउनुभयो ।