Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

नेपाल ल्युव आयल लिमिटेडको डिलर सुर्खेतमा

पौष १३ सुर्खेत ।

नेपाल ल्युव आयल लिमिटेडको डिलर सुर्खेतमा खुलेको छ । विश्वव्यापी लुब्रिकेन्ट ब्राण्ड ‘गल्फ’को नेपालकोलागि आधिकारिक बिक्रेता नेपाल ल्युव आयल लिमिटेडले सवारी साधनमा ‘लुब्रिकान्ट्स’को प्रयोग सम्वन्धमा प्रशिक्षण समेत दिइएको थियो ।

कर्णाली प्रदेशमा ‘गल्फ लुब्रिकान्ट्स’को लागि आफ्नो आधिकारिक बिक्रेता कर्णाली इन्टरप्राइजेजको उद्घाटन सँगै कम्पनिले सुर्खेतका मेकानिकहरुलाई समेत प्रशिक्षण दिएको छ ।

कम्पनिका तर्फबाट बजार प्रतिनिधि राजन रावलले मोटरसाईकल, तीन पाँङग्रे तथा चार पाँङग्रे सवारी साधनमा लुब्रिकान्टसको प्रयोग सवन्धमा जानकारी दिए ।उनले भने, ‘गल्फ लुब्रिकान्ट्सले विभिन्न मेशिनरी ब्राण्डहरुकोलागि जेन्युन आयल पनि उत्पादन गर्छ ।’ नेपालमा सोनालिका स्वाराज, महिन्द्रा गुजरात ट्रयाक्टर,, अशोक लेल्याण्ड, ३ पाङग्रे पियाजियो का लागि कम्पनिले जेन्युन आयल उत्पादन गरिरहेको उनले जानकारी दिए । साथै छिमेकी राष्ट्र भारतमा बजाज, तोसिबा, कोबेलको, भोल्भो पेन्टालगायत अन्य कम्पनिका सवारी साधनकालागि समेत जेन्युन आयल उत्पादन गरिरहेको उनले बताए ।

कर्णाली प्रदेशका लागि सुर्खेतमा स्थापना भएको कर्णाली इन्टरप्राइजेजका सञ्चालक भरत शाहीले विश्वव्यापी चलेको बा्रण्डलाई कर्णालीमा ल्याउन पाउँदा खुशी व्यक्त गरे । सुर्खेतबाट नै आधिकारिक बिक्रि वितरण गर्दा यहाँका नागरिक तथा लुब्रिकान्ट्स बिक्रेतालाई सजिलो पर्ने उनले बताए ।