Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

होटल व्यवसायी संघद्धारा रक्तदान

पौष १४ सुर्खेत ।

बिगत केहि समय यता कर्णाली प्रदेशको राजधानीमा रगतको अभाव देखिन थाले पछि शनिवार(आज) रक्तदान नै जीवन दान भन्ने मुल उद्धेश्यका साथ होटल व्यवसायी संघ सुर्खेतको आयोजना तथा जेनुन टेक्निकल इष्टिच्युटको समन्वयनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष्ँ गोेरख रावतको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका वडा नं.०६का अध्यक्ष मोती प्रसाद कडेंलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी रक्तदान कार्यक्रममा बिशेष अथिती एवंम् सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको उपस्थित रहेको थियो ।

रक्तदान कार्यक्रममा कार्यक्रममा अध्यक्ष रावतले रगत दान गर्नु जीवनमा सबै भन्दा पून्य कार्य भएको भन्दै , अन्य सामाजिक क्षेत्रमा कार्यरग विभिन्न संघ संस्थाहरुले रक्तदान गर्दे आईरहेता पनि होटल क्षेत्रमा कार्य गर्ने हामी होटल व्यवसायीहरु पाहुनालाई मिठो परिकार बनाएर खुवाउने कार्य मात्र भन्दा पनि समाजमा परेको बखतमा केहि गर्न सक्दछौं भन्नका लागी साथै कर्णाली प्रदेशमा रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउन नपरोस भन्नका लागी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । रक्तदान कार्यक्रममा कार्यक्रममा अध्यक्ष गोरख रावत, तिर्थराज अधिकारी, शिवराज लामिछाने, मिलन चौलागाई र राजन शाहीले रक्तदान गर्नु भएको थियो ।